×
Lagani
Lagani Shiksha gif
भारत स्वतन्त्रताका बेला छुट्टिएका दुई दाजुभाईको ७४ वर्षपछि भेट, हेर्ने सबैको आँखा रसायो



सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो ।

तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो । भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र- भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो । विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिएको थियो ।

Lagani Shiksha gif
sharehubapk भारत स्वतन्त्रताका बेला छुट्टिएका दुई दाजुभाईको ७४ वर्षपछि भेट, हेर्ने सबैको आँखा रसायो

विभाजनको घाउ अझै पनि दुबै देशमा देखिन्छ ।  भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् ।

सिद्दिकीले विभाजनपिछ भारतकाे पन्जाबकाे फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् ।  हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।

लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए ।डा. जगसीर सिंहले सादिकले भनेकै कुरा वृद्ध हबीबले बताए ।

हबिबले देश विभाजनका बेला नरसंहार सुरु हुँदा आफू आमासँग हजुरआमा फुलेवालामा र जेठा दाजु र बुवा जगराउँ नजिकैको गाउँमा रहेको बताए । यस्तो अवस्थामा आमा र उहाँ यहीँ बस्नु भयो भने जेठा दाजु र बुवा पाकिस्तान गए । त्यसपछि दुवैको बारेमा केही थाहा भएन ।

नासिर ढिल्लन र लभली सिंहको प्रयासमा भाइलाई सम्पर्क गरेपछि हबीबले आफ्नो राहदानी बनाइदिए, तर कोरोनाका कारण श्री करतारपुर साहिब जाने बाटो बन्द भयो। जसका कारण उनले पाउन सकेनन् । अब सिमाना खुलेपछि दुवै दाजुभाइको भेटघाट भयो ।

यस क्रममा जेठा भाइ भावुक भएर रोए र कान्छाले सान्त्वना दिए । आमासँग बस्ने हबीबले बिहे गरेनन् भने पाकिस्तान गएका भाइ सादिकले बिहे गरे । अहिले छोरा र बुहारीको पूरा परिवार छ ।

Kartarpur Reunion2 भारत स्वतन्त्रताका बेला छुट्टिएका दुई दाजुभाईको ७४ वर्षपछि भेट, हेर्ने सबैको आँखा रसायो

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस