×
वृद्धभत्ता नदिने भनेपछि बैंकखाता खोल्न १० किलोमिटर टाढा हिडेकी वृद्धाको बाटो मै मृत्यु



बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ ।

कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।  पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् ।  उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

सुत्केरी हुन नसकेपछि महिलाकाे हेलिकोप्टरमार्फत उद्धार : भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धर गरिएको छ । भोटखोला–२ लिङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको बुधबार हेलिकप्टरमार्फत उद्धार गरी काडमाण्डौंको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो ।

उनको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको प्रजिअ खतिवडाले बताए । सुत्केरी भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा बच्चा उल्टो र असहज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौं पठाएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् । स्टाफ नर्स तामाङका अनुसार भिडियो एक्सरे गर्दा आमा र बच्चा दुबैको अवस्था गम्भीर देखिको र तत्काल अप्रेसन गर्नुपर्ने भएकाले काडमाडौं रेफर गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस