×
Lagani
Lagani Shiksha gif
मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगेपछि ……..



कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् ।

२६ पुसको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय गरेको थियो । चितवन महोत्सव सञ्चालन भइसकेकाले दुई दिन व्यवस्थापनको काम गर्न दिएर अरु सबै महोत्सव रोकिएको थियो ।

Lagani Shiksha gif
sharehubapk मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगेपछि ........

बैठकको निर्णयअनुसार सीडीओ अस्मान तामाङले रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश दिएका थिए । महोत्सव बन्द गर्न आदेश दिएका उनै सिडिओ तामाङ भने चितवन महोत्सव हेर्न पुगेका छन् । चितवन महोत्सव ४ माघसम्म सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

सीडीयाे तामाङ भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित महोत्सवमा पुगेका हुन् ।

कोरोनाको तेस्रो लहरको सुरू भएपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक समेत लगाएको छ । १५ माघसम्म जिल्लाका विद्यालयहरू समेत बन्द गर्ने निर्णय कार्यान्वयन भइसकेको छ ।

मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सीडीओ तामाङको आलोचना भएको छ । विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएकाे स्थानीयकाे आराेप छ । यति मात्रै नभएर सीडीओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन सक्रिय देखिएकाे उनीहरूकाे आराेप छ ।

बुधबार मात्रै पनि चितवनमा ८१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । मंगलबार ४७ जना संक्रमित थपिएका थिए । बुधबार जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ४० पुगेको छ । १० दिनअघि जिल्लामा ७६ जना सक्रिय संक्रमित थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस