×
Lagani
Lagani Shiksha gif
नारायणहिटीपछि मन्त्री आलेको नजर हायात होटलतिर



नारायणहिटी सङ्ग्रहालयमा रेष्टुरेन्ट बनाउन नदिने निर्णय गरेका पर्यटन मन्त्री प्रेम आले अन्य ठाउँमा पनि यस्तै अभियानमा चलाउन उत्साहित बनेका छन् ।

मन्त्री आलेले नारायणहिटीपछि हायात होटलको विवादबारे चासो राखेका छन् ।हायातमा भएको भ्रष्टाचार प्रकरणबारे ०६९ सालतिर तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले चासो दिएका थिए । कानुनका जानकार ६/७ जनासँग कार्कीले त्यसबेला छलफल गरेका थिए । तर, यसमा मुद्दा चलाउने ग्राउण्ड छैन भन्दै अख्तियार पछि हटेको थियो ।

Lagani Shiksha gif
sharehubapk नारायणहिटीपछि मन्त्री आलेको नजर हायात होटलतिर

हायातको गडबडीबारे अख्तियार पछाडि हटे पनि पर्यटन मन्त्रालयले भने आफैँ अध्ययन अगाडि बढायो । मन्त्रालयबाट धेरैवटा कार्यदल पनि बने । तर, अहिलेसम्म हायातको विवाद समाधान हुन सकेको छैन ।

हरेक पर्यटन मन्त्रीले जिम्मेवारी सम्हाल्नासाथ हायात होटेलले उपभोग गरेको सरकारी जग्गा फिर्ता लिइन्छ भन्ने गरेका छन् । केपी ओली प्रधानमन्त्री भएका बेलामा पनि त्यहाँको सरकारी जग्गा फिर्ता लिइने चर्चा चल्यो । तर, ओली सरकारले त्यो काम गर्न सकेन ।

अहिले पर्यटनमन्त्री प्रेम आले केही ‘साहसी’ काम गरेर नाम कमाउने ध्याउन्नमा लागेका छन् । यही क्रममा नारायणहिटीमा बनाउन थालिएको संरचना भत्काउन बतास समूहलाई चेतावनी दिएका मन्त्री आलेले अब हालत होटेलको समस्या पनि सल्टाउने बताउन थालेका छन् । यो समाचार रातोपाटि मा रहेको छ।  

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री आलेको रोक  :  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ । दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ । समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्ट प्रा.लिलाई  दिएको निर्देशन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस