ALBSL 1040 -4 MANDU 885 -14 GBILD86/87 1030 4 TPC 465 6 CGH 909 -5 NFS 1350 -43 SMFBS 1505.2 6.2 SPL 813 -12.1 NICFC 8.97 -0.33 KSY 9.22 -0.19 DORDI 429 -3.3 MKHC 339 -1 SBI 482.9 -6 SBID83 1098 8.7 CMF1 10.5 -0.2 SRLI 443.1 -4.9 SMJC 574 -6 MKHL 493 -6 SPDL 310 5 MKCL 1497 -26 NICSF 9.5 0.25 SDBD87 1035 4 SARBTM 765 -5 SAEF 11.22 0.17 NSIF2 10.52 0.02 SPC 520 5 CKHL 632 -8 SJLIC 477 -7.5 MBL 255 -4 KBSH 2386 -9 TSHL 909 -11 SMHL 613.1 -4 PBD88 1102.1 2.1 GRDBL 743 5 SCBD 1111 6 PSF 9.51 -0.09 NTC 980.1 -2.4 KDBY 9.21 -0.23 SIGS2 10.05 0 EDBL 645 -1.9
×
६० वर्षमा नेपालमा हुन नसकेको विकास एमाले तीन वर्षमा गर्‍यो : महासेठ



नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताएका छन् ।

नेकपा एमाले सप्तरी ९औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासेठले ६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले साढे तीन वर्षमा गरेको बताए । उनले भने, ‘सबै पार्टी चाहन्छ नेकपा एमालेले नेतृत्व नगरोस् । तर, अबको सरकार एमालेको हुनेछ ।’

प्रदेश २ को सहइन्चार्जसहेत रहेका पूर्वमन्त्री साहले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला भएको बताए । सप्तरीलाई अगाडि बढाउन परिवर्तन जरुरी रहेको उनको भनाइ थियो ।

उनले उमाले देश बदल्ने ऐतिहासिक पार्टी रहेको धारणा व्यक्त गरेका थिए ।  एमालेको पोलिट ब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले मुलुकमा एमाले बाहेक कुनै पार्टी नरहने बताए ।

सप्तरीको तीनवटा निर्वाचन क्षेत्रमा कुनै पार्टीले एमालेलाई हराउन नसक्ने प्याकुरेलको दाबी थियो । एमाले नेतृ ज्वाला साहले,पाँच दलीय गठबन्धनको कठपुतली वर्तमान सरकारले जनताको अधिकार हनन गरिरहेको आरोप लगाए ।

गठबन्धका नेताहरूबीच दुई मिनेट सँगै बस्ने अवस्था छैन : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलको नेता सुवास नेम्वाङले सत्तापक्षको गठबन्धन दुई मिनेट पनि सँगै बस्ने अवस्थामा नभएको बताएका छन् । एमाले बलियो भएकाले विरोधीहरू एक ठाउँमा उभिएको उनको भनाई छ ।

इलाममा नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले एमालेलाई हेरेर मात्रै गठबन्धन एक ठाउँमा रहेको टिप्पणी गरे । गठबन्धन एमालेलाई सिद्ध्याउन लागेको भन्दै नेम्वाङले भने,‘निषेधको राजनीति गर्नु हुँदैन । राजनीतिमा बदलाको भाव राख्नुहुँदैन ।’

नेता नेम्वाङले सत्तापक्षले प्रतिपक्षी विहीनताको कल्पना गरेको आरोप लगाएका छन् । ‘सत्तापक्षका नेताहरूले प्रतिपक्षीलाई यो ढंगले आलोचना गरेको अन्त कतै देख्नु भएको छ ? प्रतिनिधिसभामा रहेका एमालेको सांसदले हिँडे हुन्छ भन्नु हुन्छ । यो कस्तो भनाई हो ?’, नेम्वाङले थपे, यो कस्तो खालको सोचाई हो ? कस्तो तरिका हो ? सत्तापक्ष प्रतिपक्ष विहीनताको कल्पना गर्दै हुनुहुन्छ ।’

अहिलेको सरकारले एउटा पनि सुल्टो काम नगरेको नेम्वाङले बताएका छन् । ‘सरकारले एउटा पनि सुल्टो काम गरेको छैन, पहिलेको सरकारले गरेको काम उल्टाउने बाहेक अरू केही गरेको छैन’, नेम्वाङले थपे,‘अदालत काम गर्न नसक्ने अवस्थामा छ, संसद्ले सिन्को पनि भाँच्न सकेको छैन, राज्यका तीनै अङ्ग काम गर्न नसक्ने अवस्थामा छन् ।’ ओली सरकारले प्रतिगमन गरेको र त्यसलाई सच्याएको दाबी गर्ने दलहरूले मुलुकलाई अहिलेको अवस्थामा पुर्‍याएको नेम्वाङको आरोप छ ।

उनले नेपालजस्तो मिश्रित प्रणाली अपनाएको मुलुकमा गठबन्धन अचम्मको कुरा नभएको भन्दै नेम्वाङले अहिलेको गठबन्धनलाई दूषित गठबन्धन भएको टिप्पणी गरे । ‘गठबन्धन एउटा मान्यतामा आधारित हुन्छ, अहिले गठबन्धनमा भएका साथीहरू चुनावमा कहाँ कहाँ उभिनु भएको थियो ?, विपक्षी ध्रुवमा उभिएकाहरूको यो गठबन्धन दूषित गठबन्धन हो ।’

नेकपा एमालेका नेता नेम्वाङले अहिले सबैको दृष्टि एमालेमा रहेकाले एमालेलेका नेता कार्यकर्ता विनम्र र जिम्मेवार बन्न उनले कार्यकर्तालाई निर्देशन दिए र चुनावी तयारीमा जुट्न आग्रह गरे । दशौँ जिल्ला अधिवेशनमा एमालेका केन्द्रीय सदस्य राम राना, तारा गुरुङ, अगम वान्तता लगायतले बोलेका थिए । उद्घाटन सत्रमा पार्टीमा योगदान गर्ने ४५ जनालाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । अधिवेशनमा ६०८ जना प्रतिनिधि सहभागी छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
santosh kr Thapa
Guest
santosh kr Thapa
January 7, 2022 7:01 pm

1)aja Dhukuti ma rakam ritto bhayeako karan k hola?… 2) shatti barhsa ma k hunu parne thiyo ra Tin barsha ma testo k bhayo?



ताजा समाचार

लोकप्रिय
सिफारिस