×
पिसाब फर्दै गर्दा करेन्ट लागेर बस चालकको मृत्यु

Concept of Crime scene ,High Angle view of victim dead body lying on Roadside



ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ ।

प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेकाे बा.३ ख. ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि  चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेकाे थाहा भएकाे थियाे ।

बाँकेमा बाघको आक्रमणमा परेर महिलाको मृत्यु  : बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी–४ पर्सोना गाउँकी ५२ वर्षीया लीला विष्टको बिहीबार घाँस काट्न जंगल गएको बेला बाघको आक्रमणबाट ज्यान गएको हो ।

स्थानीय ३ जना महिलासँगै घाँस काट्न गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले विष्टमाथि आक्रमण गरेको हो । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र सयौँको संख्यामा गएका स्थानीय बासिन्दाले बाघले महिलाको रगत चुस्दै गरेको अवस्थामा शव फेला पारेका थिए ।

बाघले मान्छेलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले दुई राउन्ड हवाई फायर  गरेको थियो । इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने एक राउन्ड प्रहार गर्दा झम्टिन खोजेपछि दोस्रो राउन्ड गोली प्रहार गर्दा बाघ भागेको बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा गत भदौमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो भने मंसिरमा नरैनापुरमा गोठाला गएका व्यक्तिलाई खाएको थियो । त्यसयता राप्तीपारीको जंगल आसपासमा बाघले पटक–पटक आक्रमण गर्दै आएको छ । बुधबार (हिजो) मात्र पनि एक महिलालाई आक्रमणको प्रयास गरेको थियो । उनी प्रतिकार गरी बाच्न सफल भएकी थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस