NGPL 472 -2.9 TPC 465 6 GMFIL 623 1 JBLB 1534 -3 SNLI 585.1 -0.9 FMDBL 758 -0.1 SIGS2 10.05 0 CBBL 980 1 RHPL 364 -5.2 ULBSL 3199 37 KEF 9 0.28 PFL 652 -1 SHL 512 -4.5 PHCL 465.1 -9.9 SJLIC 477 -7.5 SJCL 326 -3.7 PRSF 9.54 -0.11 MATRI 1405 -8 USHL 783.2 -13.7 NICD83/84 1062 -19 MPFL 751 5 SHEL 242.9 -4.7 ENL 1102 -18 GBIME 256.1 -4.4 IHL 499 -1 NHPC 220.1 0 HHL 439 -3.2 NICBF 9.3 -0.08 SGHC 393.6 0.1 AVYAN 909 -6 ALICL 714.5 -1.2 NLIC 814 -13.4 MKCL 1497 -26 MLBSL 2000 -26 MLBL 398 -6.9 PCBL 292 -2 UAIL 639 -1 SLBBL 958.9 -4.2 LVF2 9 0 ULHC 390 -7.9
×
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार



पुस तेस्रो साता वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

दसैं-तिहारमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमै फर्किन थालेपछि बैंकहरूको निक्षेप बढेको हो ।  नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार पुस तेस्रो साता (१० गतेदेखि १६ गते) सम्ममा वाणिज्य बैंकहरूको निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।

पुस पहिलो साता दुई अर्ब रुपैयाँले वृद्धि भएको निक्षेप दोस्रो सातामा चार अर्ब रुपैयाँले घटेको थियो ।  वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धि भए पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । नेपाली मुद्राको निक्षेप २० अर्बले वृद्धि हुँदा विदेशी मुद्राको निक्षेप ६ अर्बले घटेको छ ।

यसैगरी पुस तेस्रो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यस अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

निक्षेप वृद्धि भएपछि बैंकहरूको कर्जा-निक्षेप (सिडी रेसियो) अनुपातमा सुधार आएको छ । गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९०.५४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस