SJLIC 477 -7.5 BARUN 379 -6.1 HRL 861 -4 BNHC 466.9 0.7 SJCL 326 -3.7 DDBL 916.2 3.1 API 289.5 2.5 GILB 1268.4 4.4 GUFL 735 5 PBD84 1065 1.7 CORBL 958.8 -10.2 RAWA 889 29 SONA 473.2 -7.8 PRVU 248 -10 SPIL 853 -18 VLBS 902.5 -7.5 TRH 1118 -5 UPPER 214.2 -1.8 RMF1 9.15 -0.1 JOSHI 305 -6.8 MLBBL 1635 15 RMF2 9.21 -0.13 GIBF1 9.69 0.1 EHPL 840 7.9 LLBS 1050 5 LSL 253.5 -5.5 BHPL 655.1 -12.7 MANDU 885 -14 SIGS3 9.45 0.09 DORDI 429 -3.3 MLBL 398 -6.9 SWBBL 1065 2.1 NRN 905 -8 SFEF 9.29 0.22 CMF2 9.21 -0.1 NESDO 2229 -18 AKPL 248.5 -2.5 MAKAR 500 6 KMCDB 1027.8 -11.1 NRM 426.1 -4.9
×
प्रधानमन्त्रीमाथि हत्याको प्रयास , एकको मृत्यु र दुई जना घाइते



हेइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बचेका छन् ।

उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो । गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइकिएको थियो । आक्रमणमा प्रथम महिला घाईते भएकी छिन् ।

सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ ।

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो । हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए ।

५२ दिनमा चारपटक माधव नेपालको सुनसरी यात्रा, किन गइरहन्छन् ?:  आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी आए। उनी कार्यक्रमलाई सम्बोधन गर्न मात्रै आएका थिएनन् । एमालेका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज धर्मराज निरौला लगायत ३५५ जना कार्यकर्तालाई स्वागत गर्न आएका थिए । उनी १ महिना २२ दिनको अवधिमा सुनसरी ४ पटक आइसकेका छन् ।

नेता नेपाल गत कार्तिक २६ गते चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न आए । उद्घाटन गरे लगत्तै उनले बिहानको खाना इटहरी उपमहानगरका प्रमुख तथा एमालेका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीको घरमा खाए । उनी त्यो बेला निकै चर्चामा आए । एमाले भित्र चरम विवाद भएकै कारण किन एमाले प्रदेश कमिटि सदस्य चौधरीको घरमै खाना खाए? के अब चौधरी पनि एमाले छाडेर (एस) तिर जाने हुन्? भन्ने प्रश्न उब्जिएको थियो ।

उनी आउँदा राम्रो प्रभाव पर्न नसके पनि सुनसरीमा पार्टीलाई दह्रो बनाउन र एमालेमा सगैं बसेर काम  गरेका कार्यकर्तालाई आफू तिर तान्न धाइरहे । नेपाल फेरी एक महिना नबित्दै गत मङ्सिर २१ गते पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता प्रशिक्षणमा पनि आए । उनले सोही क्रममा विभिन्न पार्टी परित्याग गरेका युवाको ठूलो समूहलाई स्वागत गरे ।

उनको सुनसरी आउने क्रम त्यतिमै रोकिएन । उनी फेरि एक हप्ता नबित्दै इटहरी उपमहानगर प्रमुख चौधरीको निम्तो स्वीकार गर्दै मङ्सिर २८ गते पुन इटहरी आए । उनले इटहरी १७ लविपुरमा आँखा अस्पताल भवनको शिलान्यास गरे । तर शिलान्यास गरेको विषयले नेता नेपाल आलोचित समेत भए । उनले शिलान्यास गरेको अस्पताल बन्ने स्थानका जग्गाधनीलाई थाहै नदिई शिलान्यास गरेसँगै विवाद भएको थियो ।

त्यसको २० दिनपछि उनी फेरि पुष १८ गते इटहरीकै कार्यक्रममा सम्बोधन गर्न आए । नेता नेपाल सामान्यदेखि ठूला कार्यक्रममा सुनसरी आउँदा उनी आफ्नो पार्टीको जग दह्रो बनाउन चाहन्छन् ।

नेपाल एमालेमा हुँदा सुनसरीका केन्द्रीयदेखि स्थानीय कार्यकर्ता उनकै पक्षमा थिए । एकीकृत समाजवादी पार्टी निर्माण गरेसँगै उनका समकालीन पार्टीका नेता एमालेमै रहेपछि उनी एमालेमा असन्तुष्ट कार्यकर्तालाई आफ्नो पार्टीका समाहित गर्न तथा एमाले भित्र देखिएको मनमुटाबको फाइदा लिनका लागि पनि सुनसरीलाई  विशेष रूपमा लिने गरेका छन् ।

नेपालको सुनसरी यात्राले एमालेलाई चुनौती 

अध्यक्ष नेपालको यो दौडधुपले सुनसरी एमालेलाई चुनौती दिइरहेको छ । एमालेमै दुई गुट हुँदा सुनसरीमा नेपाल पक्षमा पूर्व पार्टी सचिव भीम प्रसाद आचार्य, केन्द्रीय सदस्य धर्मराज निरौला, सङ्घीय सांसद जयराम राई थिए । पार्टी नयाँ निर्माण गरेसँगै तीनै जना नेता एमालेमै रहे । आचार्य त प्रदेश १ को मुख्यमन्त्री समेत भए । आचार्य र निरौला मध्ये एमालेको दशौं महाधवेशनपछि आचार्य सदस्य मात्रै भए । निरौला पार्टीको भूमिकाबाट बाहिर निकालिए । एमालेमा ठाउँ नदिएकै कारण निरौलाले पार्टी परिवर्तन गरे । केन्द्रमा पार्टी अध्यक्षविरुद्ध बोल्ने नेता तथा कार्यकर्तालाई जिम्मेवारी विहीन बनाएपछि एमालेमा असन्तुष्ट पक्षलाई एस पार्टीले समेट्दै लगेको छ ।

त्यसो त आइतबार एस पार्टीमा प्रवेश गर्दै निरौलाले २३ र २४ गते हुने एमाले सुनसरीको १०औँ  अधिवेशनपछि हिजो माधव नेपाल पक्षमा लागेका र पार्टीप्रति असन्तुष्ट नेता नेकपा एकीकृत समाजवादीमा आउने बताएका थिए । एमाले भित्रको विवाद टुङ्गाउन नसके यसको फाइदा माधव नेपालको पार्टीले लिने प्रस्ट देखिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
reCaptcha Error: grecaptcha is not defined


ताजा समाचार

लोकप्रिय
सिफारिस