JFL 655 6 NHPC 220.1 0 MBLD2085 1085 6.5 PBLD87 1028 -2 IHL 499 -1 MBL 255 -4 SINDU 667 -6 CYCL 1540 -7 HDL 1423.1 49.1 SBL 345 -8.1 GBBLPO 205 0 LICN 1995.9 -27.1 KMCDB 1027.8 -11.1 SBCF 9 -0.2 SSHL 215 0.8 ALBSL 1040 -4 BNHC 466.9 0.7 NBL 292.2 1.2 CHL 353 0.4 KSBBL 448 -3 KDBY 9.21 -0.23 NTC 980.1 -2.4 CITY 805 -17 SALICO 747 -9.1 LSL 253.5 -5.5 SARBTM 765 -5 EHPL 840 7.9 NIBLGF 9.1 0.38 GBLBS 738 -10 PPL 461 -2.5 NRIC 803 -5 HDHPC 208.8 -4.1 NRN 905 -8 MHCL 410 -7 DORDI 429 -3.3 PMHPL 260 -4 SAPDBL 569.6 -7.4 NICLBSL 705.5 -7.5 NICGF 10.56 -0.28 MHL 725 3.5
×
बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो



गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ ।

४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ ।  बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो । राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो ।

तरलताको अवस्था सहज भएपछि बैंकहरूको औशत कर्जा-निक्षेप (सिडी) अनुपात पनि ९० दशमलव ७६ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस