×
Lagani
Lagani Shiksha gif
बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो



गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ ।

४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ ।  बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको छ ।

Lagani Shiksha gif

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो । राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो ।

तरलताको अवस्था सहज भएपछि बैंकहरूको औशत कर्जा-निक्षेप (सिडी) अनुपात पनि ९० दशमलव ७६ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस