HEI 648 -10 SMATA 875 -16 SMH 1064.8 5.9 ENL 1102 -18 NMBD87/88 1027 -3 SAHAS 505 28 CGH 909 -5 NICBF 9.3 -0.08 BPCL 449 -7 ACLBSL 1035 0 MDB 630 -3.8 SIKLES 707 -3 SJLIC 477 -7.5 HIDCLP 183 -2 SAEF 11.22 0.17 PROFL 655 7 KBSH 2386 -9 NRM 426.1 -4.9 NICL 990.2 -4.8 EHPL 840 7.9 BOKD86 1040 18 NABIL 594 3 HEIP 381.8 20.8 API 289.5 2.5 KRBL 613 0 LICN 1995.9 -27.1 UMRH 475 -1.9 MMF1 8.98 0.1 SBI 482.9 -6 TSHL 909 -11 SIGS3 9.45 0.09 SWBBL 1065 2.1 CZBIL 242 -10 SPC 520 5 GBLBS 738 -10 CMF1 10.5 -0.2 TVCL 461 1 NBLD85 1025 0 NHPC 220.1 0 SGIC 641.2 -4.8
×
बैंकहरूको पुँजी तत्काल नबढाउन सुझाव, प्रतिफल घट्दै गएकोमा चिन्ता



बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न सञ्चलकहरूले माग गरेका छन् ।

सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह गरेको हो ।

२०७२ सालको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले दुई वर्षभित्रमा चुक्ता पुँजी चार गुणाले बढाउने नीति ल्याए पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटेन । हकप्रद सेयरको माध्यमबाट पनि पुँजी बढाउन दिँदा मर्जरमा जानुको सट्टा बैंक तथा वित्तीय संस्थाले छोटो समयमा हकप्रद सेयर जारी गरेरसमेत चार गुणाले पुँजी बढाए । जसकारण उपलब्ध कोषलाई उपयोग गर्न आक्रामक कर्जा विस्तार गर्दा तरलता अभावजस्ता साइड इफेक्ट देखिएको अध्ययनमा उल्लेख छ ।

२०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी र प्रतिफल दर निरन्तर रूपमा घटिरहेको प्रतिवेदनले औल्याएको छ । जसकारण बैंकका बैंकका लगानीकर्ता निरुत्साहित भएको भन्दै उक्त चुनाैती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै व्याजदर निर्धारण हुने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

परिसंघले उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । २०७७ चैतमा गठन भएको करिब नाै महिना लगाएर गरेको अध्ययन प्रविवेदन गत मंगलबार गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइएको परिसंघले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस