×
Lagani
Lagani Shiksha gif
विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, १० देशमा जाने योजना



बैंक तथा वित्तीय संस्थाका संचालकहरूले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् ।

सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकका एक अध्ययन प्रतिवेदन बुझाउँदै शाखा खोल्न दिन माग गरेका हुन् ।  हाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्वीकृति लिई विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्नसक्ने व्यवस्था गरेको हो ।

Lagani Shiksha gif

यो व्यवस्थाबाट प्रभावकारी रूपमा काम गर्न नसकिएको भन्दै शाखा नै खोल्न दिने व्यवस्था गर्न आग्रह गरेका हुन् ।  सीबीफीनले गरेको अध्ययन प्रतिवेदनमा विशेष मापदण्ड बनाई विदेशमा शाखा खोल्न दिने व्यवस्था गरिनु उपयुक्त हुने र यसबाट नेपाली बैंकहरूले भारत, चीनलगायतका देशमा शाखा खोली नेपालको व्यापार व्यवसायमा थप योगदान दिनसक्ने उल्लेख गरिएको छ ।

यसैगरी सीबीफीनले भिजन २०३० जारी गर्दै कम्तीमा १० देशमा नेपाली बैंकका शाखा/सम्पर्क कार्यालय पुर्‍याउने योजनासमेत सार्वजनिक गरेको छ । सीबीफीनको भिजनमा बैंकहरू देशको आर्थिक विकासका लागि प्रमुख सहयात्री हुने, व्यावसायिक उद्यमीहरूका लागि असल साझेदार हुने, सबै नेपाली माझ बैंकिङ सेवा पुर्‍याउने, नगदरहित डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने, घरेलु, साना तथा मझौला उद्यम र हरित लगानीलाई प्रवर्द्धन गर्ने योजनाअघि सारिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस