RLFL 625 6.9 SHIVM 599 -8 HBLD83 1056.3 0.3 HEI 648 -10 EBLD85 1105 5 SFMF 10.2 -0.2 KEF 9 0.28 JOSHI 305 -6.8 ILBS 980 -21.5 USHL 783.2 -13.7 UNL 48870 -930 SMH 1064.8 5.9 GBIME 256.1 -4.4 CBBL 980 1 SAPDBL 569.6 -7.4 PMLI 562 1 MANDU 885 -14 GILB 1268.4 4.4 MKHC 339 -1 PRVU 248 -10 LVF2 9 0 KRBL 613 0 H8020 10.2 -0.05 NIBLSTF 8.68 0 NBL 292.2 1.2 SWBBL 1065 2.1 SLBBL 958.9 -4.2 NHDL 570 0 HIDCL 270.7 -4.1 SJLIC 477 -7.5 PMHPL 260 -4 SNMAPO 190 0 CFCL 647 27.1 PHCL 465.1 -9.9 BHL 440 -13 KMCDB 1027.8 -11.1 NIFRA 280 -5 MSHL 938 3 SBI 482.9 -6 RFPL 532 11.1
×
विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, १० देशमा जाने योजना



बैंक तथा वित्तीय संस्थाका संचालकहरूले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् ।

सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकका एक अध्ययन प्रतिवेदन बुझाउँदै शाखा खोल्न दिन माग गरेका हुन् ।  हाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्वीकृति लिई विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्नसक्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थाबाट प्रभावकारी रूपमा काम गर्न नसकिएको भन्दै शाखा नै खोल्न दिने व्यवस्था गर्न आग्रह गरेका हुन् ।  सीबीफीनले गरेको अध्ययन प्रतिवेदनमा विशेष मापदण्ड बनाई विदेशमा शाखा खोल्न दिने व्यवस्था गरिनु उपयुक्त हुने र यसबाट नेपाली बैंकहरूले भारत, चीनलगायतका देशमा शाखा खोली नेपालको व्यापार व्यवसायमा थप योगदान दिनसक्ने उल्लेख गरिएको छ ।

यसैगरी सीबीफीनले भिजन २०३० जारी गर्दै कम्तीमा १० देशमा नेपाली बैंकका शाखा/सम्पर्क कार्यालय पुर्‍याउने योजनासमेत सार्वजनिक गरेको छ । सीबीफीनको भिजनमा बैंकहरू देशको आर्थिक विकासका लागि प्रमुख सहयात्री हुने, व्यावसायिक उद्यमीहरूका लागि असल साझेदार हुने, सबै नेपाली माझ बैंकिङ सेवा पुर्‍याउने, नगदरहित डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने, घरेलु, साना तथा मझौला उद्यम र हरित लगानीलाई प्रवर्द्धन गर्ने योजनाअघि सारिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस