SSHL 215 0.8 ICFC 823.9 74.9 SRLI 443.1 -4.9 OHL 925 -9 NIBD2082 1099 0 CCBD88 1123.1 6.1 MDB 630 -3.8 SAEF 11.22 0.17 KBSH 2386 -9 PPCL 262 -5.2 GILB 1268.4 4.4 SMPDA 910 -1 PCBL 292 -2 H8020 10.2 -0.05 UPPER 214.2 -1.8 IGI 600 -4 SHPC 525 -3.9 MLBL 398 -6.9 GHL 218.5 -1.1 CHCL 568.9 -8.1 MKCL 1497 -26 SONA 473.2 -7.8 ULHC 390 -7.9 SADBL 419 -1 HLBSL 1010 -10 JSLBB 1513.9 38.9 AKJCL 209 -3 MKHC 339 -1 SWBBL 1065 2.1 RFPL 532 11.1 NIMBPO 176.9 -1.1 GBBLPO 205 0 NESDO 2229 -18 PBD84 1065 1.7 UMRH 475 -1.9 SBID83 1098 8.7 BNHC 466.9 0.7 SJCL 326 -3.7 LBBL 475 -4.8 HBLD83 1056.3 0.3
×
माओवादी नेतृत्व चयन प्रक्रियाका लागि १,७४२ जनाको मतदाता नामावली टाँस गरियो



काठमाडौं, १७ पुस। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २ सय ९९ केन्द्रिय समिति सदस्य चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।

नेपाल प्रज्ञा भवन जारी महाधिवेसनमा सकेसम्म सर्वसम्मत रुपमा केन्द्रिय सदस्य चयन गर्ने प्रयास जारी राखेको बेला निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको हो ।

केन्द्रिय नेतृत्व देखी प्रदेशस्तरसम्म सहमतिमा केन्द्रिय समिति बनाउने भन्दै पाँच बजेसम्मका लागि स्थगित कार्यक्रमका बिचमा नै मतदाता नामावलीको सुचना टाँस गरिएको हो ।

बहुपदीयमा फर्किएको माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै :  नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ६ दिन देखी जारी महाधिवेसनमा शुक्रवार नयाँ बिद्यान पारित भए लगत्तै मिश्रित निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको बिद्यान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।  माओवादीको नयाँ केन्द्रिय नेतृत्व अब २ सय ९९ सदस्सीय हुनेछ भने जसमा १५ प्रतिशत मनोनित प्रक्रियावाट आउनेछन ।

यसअघिको १० प्रतिशतलाई बढाएर शुक्रवारवाट मनोनित हुने सदस्यको संख्या ५ प्रतिशत थप गरी १५ पु¥याईएको हो । पुनः बहुपदीय प्रणालीमा फर्केको माओवादीको यस महाधिवेसनले १५ सदस्सीय पदाधिकारी चयन गर्नेछ । जसअनुसार सुरुमा केन्द्रिय समिति चयन हुनेछ भने केन्द्रीय समितिले क्रमशः पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने योजना माओवादीले सार्वजनिक गरेको छ ।

शुक्रवार पारित नयाँ बिद्यान अनुसार ५० प्रतिशतको पूर्ण समानुपातिकतर्फका लागि युवा, दलित, महिला, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अपांगता भएका ब्यक्ति पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाएको छ । जसमार्फत आजै नेतृत्व चयन गर्नका लागि माओवादी छलफलमा व्यस्त रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस