SPDL 310 5 UAIL 639 -1 NADEP 1030 -55 DDBL 916.2 3.1 HBL 260 -13 NICAD8283 1169.8 86.8 MKHL 493 -6 NIBLGF 9.1 0.38 MNBBL 395.8 -0.8 NRM 426.1 -4.9 JBBL 351 -3.1 TPC 465 6 HEI 648 -10 SNMAPO 190 0 TSHL 909 -11 VLBS 902.5 -7.5 SPHL 666.9 16.9 SSHL 215 0.8 JSLBB 1513.9 38.9 NLG 1317 2 LEC 276.8 -6 NSIF2 10.52 0.02 HRL 861 -4 ILBS 980 -21.5 SMB 1809 4 PMLI 562 1 MFIL 768 48 PSF 9.51 -0.09 MEL 292 2 SRBLD83 1065 -10 SALICO 747 -9.1 SPC 520 5 BNHC 466.9 0.7 SHLB 1886.9 1.9 CMF2 9.21 -0.1 BHL 440 -13 PPCL 262 -5.2 CHDC 1684 -35.9 SIKLES 707 -3 MBL 255 -4
×
एमसीसीमा कस्को के स्वार्थ ?



अमेरिकी सहयोगसम्बन्धी एमसीसी ५० करोड डलर बराबरको अनुदान सहयोग हो ।

यो संसदबाट पारित गर्नुपर्ने हुन्छ । एमसीसी सम्झौता अनुसार संसदबाट पारित विना कार्यान्वयन हुँदैन । तर, नेपालका राजनीतिक दल र नेताहरु एमसीसीको विषयमा विभाजित छन् । यतिसम्मकी सत्ता गठबन्धनका दल र नेता नै यसबारे विभाजित छन् ।

शिर्ष नेताहरुले एमसीसीलाई राजनीतिक अस्त्र बनाउन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कुनै हालतमा पारित गर्ने पक्षमा छन् । उनले एमसीसी राष्ट्रघाती नभएको माओवादीको महाधिवेशन उदघाटनमा भने । एमसीसी संसदबाट पारित हुने बताए । तर, प्रचण्ड एमसीसीबारे विमति राखिरहेका छन् ।

प्रचण्डले आज राजनीतिक प्रतिवेदनमाथि जवाफ दिने क्रममा रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले सत्ता गठबन्धन टुट्न पनि दिन नहुने बताए । यसको अर्थ उनी एमसीसी संसदबाट अगाडि बढाउन चाहँदैनन् । एमसीसी अलमलमा परोस् भन्ने उनको चाहना देखिन्छ । यसबाट सत्ता गठबन्धन पनि जोगिनसक्ने प्रचण्डको बुझाई देखिन्छ । एमसीसी पारित गर्न देउवा अगाडि बढेमा प्रचण्डका सामु समर्थन गर्ने या गठबन्धन तोड्नेबाहेक विकल्प रहँदैन ।

एमसीसी असफल बनाउने प्रचण्डको चाहना देखिएको छ । यसमा सफल भएमा उनी राजनीतिक रुपमा बलियो हुनसक्छन् । एमसीसीबारे सर्वसाधारणमा नकारात्मक धारणा विकास भएको छ । यसको राजनीतिक फाइदा प्रचण्डले लिन खोजिरहेका छन् ।

एमसीसी पारित नगर्ने पक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि उभिएका छन् । उनी एमसीसीको विपक्षमा उभिएर प्रचण्डलाई आश्वस्त बनाउन खोजिरहेका छन् । यसबाट सर्वसाधारणमा लोकप्रीय हुन खोज्दैछन् । अर्कोतर्फ, प्रचण्डसँगको पार्टी एकता वा सहकार्यलाई पनि मजबुत बनाउने माहोल निर्माणमा माधव नेपाल देखिएका छन् ।

एमसीसी अलमलम भएमा गठबन्धन जोगिने र प्रचण्डसँग चुनावी सहकार्य वा एकताबाट फाइदा लिन सक्ने बुझाई उनमा देखिन्छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विगतमा एमसीसी पारित गर्न बढेका थिए । तर, उनले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई दोषी देखाएका थिए । यसपटक भने उनी एमसीसीबारे प्रष्ट भएका छैनन् ।

एमसीसीबारे गठबन्धनको धारणाबाट मात्र निर्णय लिने रणनीतिमा छन् । गठबन्धनले एमसीसी पारित गर्न खोजेमा ओली विरोधमा उत्रने निश्चितप्रायः छ । एमसीसीबारे गठबन्धनमा मतभेद भई संसदमा अगाडि बढाउन खोजे ओली देउवालाई साथ दिने रणनीतिमा छन् । यसबाट सत्ता गठबन्धन टुटाउने र चुनावमा लाभ लिने ओलीको बुझाई देखिन्छ ।

एमसीसी पारित गर्न सके नेपालमा आफ्नो प्रभाव बढ्ने अमेरिकी स्वार्थ देखिन्छ । अर्कोतर्फ, चीनले एमसीसी चाहेको देखिदैन । एमसीसीमा अमेरिका र चीनको आफ्नै फरक स्वार्थ छ । भारत एमसीसीको विपक्षमा छैनन् । एमसीसी चीनलाई चुनौती बन्न सक्ने बुझाई उसमा पनि देखिन्छ । यसकारण एमसीसीमा शक्तिराष्ट्र देखि नेपालका शिर्ष नेताहरुको फरक स्वार्थ लुकेको छ । यसकारण पनि एमसीसी धेरै गिजोलिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस