MLBBL 1635 15 NIBD2082 1099 0 UPPER 214.2 -1.8 NICA 452 -13 NMBMF 695 -10 LBBLD89 1208.5 23.5 GFCL 1051.1 6 SFCL 704.1 63.6 SIGS2 10.05 0 SHINE 473 -1.8 NIMBPO 176.9 -1.1 SPC 520 5 CMF2 9.21 -0.1 UAIL 639 -1 SMB 1809 4 GVL 538.5 -22 SBID83 1098 8.7 UMHL 308 -4 SAHAS 505 28 GRDBL 743 5 NIBLGF 9.1 0.38 CORBL 958.8 -10.2 SBL 345 -8.1 SEF 9.51 -0.24 PMLI 562 1 SIGS3 9.45 0.09 SPHL 666.9 16.9 HEI 648 -10 SNMAPO 190 0 NABIL 594 3 NSIF2 10.52 0.02 CMF1 10.5 -0.2 SRLI 443.1 -4.9 PHCL 465.1 -9.9 MERO 760 0.5 H8020 10.2 -0.05 SHLB 1886.9 1.9 PBD88 1102.1 2.1 RAWA 889 29 FMDBL 758 -0.1
×
निर्वाचन भए एमाले पत्तासाप हुन्छ भन्दै एमाले सम्झिएर रोइन मन्त्री झाँक्री



शहरी विकासमन्त्री रामकुमारी झाँक्री गृह जिल्लाको एक कार्यक्रममा रोकिएकी छन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी हुन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन छ । त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’

‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् ।

निर्वाचन भए एमाले पत्तासाप हुन्छ

मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताइन् । मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन् ।

सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन् ।

जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको उनको भनाइ छ । संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई मन्त्री झाँक्रीले सुझाव दिइन् ।

गठबन्धन कायमै रहन्छ

मन्त्री झाँक्रीले अहिलेको गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचन पश्चात पनि कायमै रहेन बताइन् । मन्त्री झाँक्रीले देशको आवश्यकताको आधारमा एमालेकै सक्रियतामा गठबन्धन बनेको दावी गरिन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस