HLBSL 1010 -10 CKHL 632 -8 NICA 452 -13 HPPL 316.3 -3.6 MATRI 1405 -8 HATHY 1322 13 JSLBB 1513.9 38.9 EBL 605 5 ENL 1102 -18 SFCL 704.1 63.6 RFPL 532 11.1 SFMF 10.2 -0.2 EDBL 645 -1.9 RNLI 495.5 1.5 HHL 439 -3.2 GBBLPO 205 0 SWBBL 1065 2.1 NICD88 1032 -21 SAGF 9.31 0.01 EBLD85 1105 5 CFCL 647 27.1 NIBLGF 9.1 0.38 RLFL 625 6.9 SMHL 613.1 -4 SLBBL 958.9 -4.2 HEIP 381.8 20.8 CCBD88 1123.1 6.1 NESDO 2229 -18 DDBL 916.2 3.1 KPCL 493 -0.8 NIBLSTF 8.68 0 MHNL 265.5 -0.5 BOKD86 1040 18 RMF2 9.21 -0.13 NRIC 803 -5 CIZBD90 1081 1 MCHL 488.3 -3.7 NIBD84 1030 -20 ULHC 390 -7.9 NICAD8283 1169.8 86.8
×
तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो



यी तस्बिर, सन् २०२१ को हो ।

संसारभरीबाट लिइएका हुन् । केही पहिलै नै देखिसकिएको छ र केही नयाँ छन् । हरेक तस्बिरको एउटा कहानी छ । सानै सही । केही खबरका, केही बेखबर झैँ । हेर्दै पढ्दै, पढ्दै हेर्दा सन् २०२१ तपाईंको सामुन्ने हुनेछ, तर महिनामा होइन, किस्सामा । यहाँ पालैपालो यी तस्बिरबाट गुज्रिऔँ । यहाँ कोरोनादेखि क्रिकेटसम्म अफगानिस्तानदेखि अमेरिकासम्म, सबैकुरा छ…

६ जनवरी, वासिङ्टन डीसी, अमेरिका1 RTrAVh7wUl तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकको अमेरिकी संसदमा उपद्रो । भित्र जो बाइडेनको जीतको घोषणाको तयारी भइरहेको थियो । अमेरिकी संसदमा यसअघि यस्तो घटना देखिएको थिएन । यो घटनामा एक महिलाको ज्यान गयो ।

२० जनवरी २०२१, वासिङ्टन डीसी, अमेरिका

2 59u8ziU9p0 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयोबाइडेन युगको सुरुवातः जो बाइडेन अमेरिकाका राष्ट्रपतिको रुपमा शपथ लिँदै गरेका । उनी अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । बाइडेन अमेरिकी इतिहासका सबैभन्दा उमेरदार राष्ट्रपति बने । उनी ७८ वर्षका पुगे । यसअघि पूर्व राष्ट्रपति बराक ओबामाका बेला उनी उप–राष्ट्रपति पनि बनिसकेका छन् ।

२० जनवरी २०२१, वासिङ्टन डीसी, अमेरिका

3 AZYGrgaeH6 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

बधाई छः अमेरिकाका उप–राष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति बराक ओबामा राष्ट्रपतीय चुनावमा जितेपछि हात मिलाउँदै । ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला उप–राष्ट्रपति बनेकी हुन् । उनी भारतीय मूलकी हुन् ।

२० जनवरी २०२१ : वासिङ्टन डीसी, अमेरिका

4 isyiB9qiXy तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

ह्वाइट हाउसबाट ट्रम्पको बिदाईः अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प मरिन वन हेलिकोप्टरमार्फत् ह्वाइट हाउसबाट निस्किएका थिए । ट्रम्प आफ्नो हारपछि यत्ति रिसाएका थिए कि उनी जो बाइडेनको शपथ ग्रहण समारोहमा पनि उपस्थित भएनन् । यस्तो १५० वर्षमा पहिलोपटक भएको हो ।

२४ फेब्रुअरी, रोम, इटली

5 8yLfa0Ml3h तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

अन्ना नामकी एक नर्स आफ्नी छोरीलाई प्लास्टिक स्क्रिनमार्फत् अँगालो हाल्दै । कोरोना महामारी सुरु भएको एक वर्ष पछि नै यहाँको एक नर्सिङ होमले एउटा हग रुम तयार गरेको थियो जसमा कोभिड प्रोटोकललाई ध्यानमा राख्दै आफ्नो परिवारका सदस्यलाई अँगालो हाल्ने व्यवस्था मिलाइएको थियो ।

२५ जनवरी २०२१, स्विटजरल्याण्ड

6 3vvcqnoV6p तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यो तस्बिर स्विटजरल्याण्डको चर्चित फुटबलर हारिस सेफरोविचको हो । एक खेलका बेला उनले आफ्नो जर्सी भित्र आफ्नो टाउको लुकाएका थिए । यो देखेर सबैजना दंग भएका थिए । फोटो सक्कली नै हो भनेर मानिसले विश्वास गर्न सकिरहेका थिएनन् । सोसल मिडियामा यो तस्बिर निकै भाइरल भयो ।

२६ जनवरी २०२१, ओरेगन, अमेरिका

7 bZWuYugXwC तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

सन् २०२१ को सुरुवात आशाको खोप अर्थात् भ्याक्सिनबाट सुरु भयो । ओरेगनका स्वास्थ्यकर्मी खोप अभियानका लागि निस्किरहेका थिए तर अचानक हिउँ परेपछि उनीहरु अघि बढ्न सकेनन् । उनीहरुसँग ६ डोज खोप थियो । भ्याक्सिन बर्बाद नहोस् भन्नका लागि हिउँका बीच फसेका मानिसहरुलाई नै खोप लगाउन सुरु गरियो ।

३० जनवरप् २०२१, स्विडेन

8 7rzydy1rGG तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यी स्विडेनकी सान्द्रा फोगेल हुन्, जो गोथनबर्गको एउटा सिनेमा हलमा एक्लै बसेर फिल्म हेरिरहेकी छिन् । गोथनबर्ग फिल्म फेस्टिबलका लागि ४५ देशका १२ हजारभन्दा बढीले अप्लाई गरेका थिए । जसमा निकै कमलाई अफलाइन फिल्म हेर्नका लागि अनुमति दिइएको थियो ।

३ फेब्रुअरी २०२१, बर्लिन, जर्मनी

9 HaGDsBWZQr तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यहाँ रेलको लिकको चारैतिर पानी भरिएको छ र बीचबाट रेलले यात्रा गरिरहेको छ ।  यो वर्ष जर्मनी भयंकर बाढीमा फस्यो । लगातार वर्षाले थुप्रै शहरमा बाढीको जस्तो स्थिति रह्यो । राइन नदीको जलस्तर बढेका कारण सडक र रेलको लिकमा पनि पानी भरियो ।

१४ मार्च २०२१, अमेरिका

975223 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

वर्ल्ड बी डे २०२१ः एन्जेलिना जोली अमेरिकाकी नायिका तथा अभियन्ता हुन् । उनले वर्ल्ड बी डेका लागि एउटा फोटो सुट गराएकी थिइन् जसमा उनले आफूलाई माहुरीले ढाकेकी थिइन् । करिब १८ मिनेटसम्म माहुरी उनको शरीरमा रहे तर एउटाले पनि टोकेन ।

२९ अप्रिल २०२१, मनोस, ब्राजिल

तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

सन् २०२१ मा हामीले भ्याक्सिन त पायौं तर कोरोनाले विध्वंश मच्चायो । लाखौं मानिसको ज्यान गयो । यो तस्बिर ब्राजिलको मनौस चिहानको हो । यहाँ ६ लाखभन्दा बढी मानिसको मृत्यु कोभिडका कारण भएको छ ।

२ मे २०२१, काबुल, अफगानिस्तान

11 bghvAeMgmn तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

घर फिर्तीको तयारीः काबुलमा एक हेलिकोप्टरमा अमेरिकी सैनिक बसिरहेका । यो त्यतिबेलाको तस्बिर हो जब अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्नो सैनिकको फिर्तीको घोषणा गरेका थिए ।

३ मे २०२१, मेक्सिको, अमेरिका

12 ovtZZrqUtq तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

उत्तरी अमेरिकाको मेक्सिकोमा एउटा मेट्रो ओभरपासको माथिबाट एउटा रेल यात्रा गरिरहेको थियो । त्यतिबेला नै ओभरपास ढल्यो । त्यसपछि रेलका केही डिब्बा तल झरे । यो दुर्घटनामा २४ भन्दा बढीको ज्यान गयो, थुप्रै घाइते पनि भए ।

८ मे २०२१, काबुलः

13 8KpeG5oXD3 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

काबुलको एक विद्यालयमा बिस्फोट भयो । यसमा कम्तीमा ५५ जनाको ज्यान गयो । तीमध्ये धेरैजसो बालबालिका थिए । सयभन्दा बढी घाइते भए । दुर्घटनापछि स्कूलबाट जुन सामग्री भेटियो, ती बाहिर राखेपछि परिवारका सदस्यले पहिचान गर्न सके ।

२३ मे २०२१, कंगो, अफ्रिका

14 7hTCQCnuXB तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

कंगोमा आधा रात ज्वालामुखी बिस्फोट भयो । हेर्दा हेर्दा लाभा चारैतिर फैलियो । थुप्रै गाउँ लाभाको चपेटामा पर्यो । हज्जारौं मानिस आफ्नो घर छोडेर भाग्नुपर्यो । यसमा थुप्रैको ज्यान पनि गयो ।

२४ मे २०२१, गाजा, प्यालेस्टिन

तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

एक प्यालेस्टिनी बालिका आफ्नो फुटेको घरमा उभिएकी छिन् । फुटेका झ्यालबाट सायद केही बुन्ने आशासहित बाहिर हेरिरहेकी छिन् । यसवर्ष इजराइल र प्यालेस्टिनको संघर्ष चर्चामा रह्यो । दुबैतिरबाट हमला गरियो तर बढी धेरै हानी प्यालेस्टिनलाई भयो । धेरै प्यालेस्टिनीहरुको ज्यान गयो । प्यालेस्टिनका थुप्रै होटल, घर ध्वस्त भए ।

२५ मे, बकचीसराई, क्रिमिया

16 MDZEAKBfnd तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

एक विशाल बाँदर एउटा चिडियाखानाको पार्कमा राखिएका गाडीबीच हिँडिरहेको छ । तस्बिर हेर्दा सबैलाई लाग्न सक्छ कि यति ठूलो बाँदर कसरी हुनसक्छ ? वास्तवमा यी गाडी सक्कली होइनन् । यी निकै साना खालका गाडी हुन् । एलेक्सी पावलिशाक नामका फोटोग्राफरले यसलाई आफ्नो क्यामरामा कैद गरेकी हुन् ।

२० जून, हुआ हीन, थाइल्याण्ड

17 ZTIEHJkX7Z तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यो हात्ति थुप्रै दिनदेखि भोको थियो र खानाको खोजीमा यताउती डुलिरहेको थियो । रात परिसकेको थियो । हात्तिले उक्त घरको भान्सा कोठाबाट बास्ना आइरहेको थाहा पायो र उसले घरको भित्ता फुटाउँदै भान्साकोठामा छिर्यो । त्यसपछि त्यहाँ काम गरिरहेकी महिला भागिन् ।

२९ जून, इथियोपियाः

18 w3EtqEaMeq तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

इथियोपियाको स्थानीय जनता तिगरे पिपल्स लिबरेशन आर्मीको जवानसँग हात मिलाउने कोसिस गरिरहेका । यहाँ पछिल्लो केही महिनादेखि लगातार विद्रोह चलिरहेको छ । तिगरे पिपल्स लिबरेशन आर्मीले सरकारविरुद्ध मोर्चा खोलेका छन् । यसमा थुप्रै मानिस र सैनिकको ज्यान गइसकेको छ । स्थानीयले पनि तिगरेलाई समर्थन गरिरहेका छन् ।

१. जुलाई २०२१, बेइजिङ चीन

19 p4tJ66o8RT तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

१०० वर्ष पूराः चीनको कम्युनिष्ट पार्टी सय वर्ष पुगेको छ । पार्टीका कार्यकर्ता आफ्नो झण्डाको अगाडि केही विशेष अन्दाजमा स्थापना दिवस मनाइरहेका छन् । यो संसारको सबैभन्दा ठूलो पार्टीमध्ये एक हो । यसका ९ करोडभन्दा बढी कार्यकर्ता छन् । अहिले चीनमा यहि पार्टीको सरकार छ ।

८ जुलाई २०२१, कोलम्बिया, क्यानडा

20 cFhqMaZvAY तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

हिट डोमको कहरः यसवर्ष संसारका थुप्रै देशमा अत्यधिक तातो हावा चले । क्यानडा सबैभन्दा बढी प्रभावित रह्यो । यसलाई हिट डोम नाम दिइयो । उच्च तापक्रमका कारण ५ सयभन्दा बढीको मृत्यु भयो । यसको प्रकोपको अन्दाज यो कुराले लगाउन सकिन्छ कि नदि र तलाउको किनारामा लाखौं जीव–जन्तु जले । तस्बिरमा मारिए लाखौं मुसेल्स हुन् ।

जुलाई २०२१, क्यालिफोर्निया

21 q4Y8sBFojB तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

इटली, टर्की, ग्रिस, सर्बिया, क्यानडा र क्यालिफोर्नियाका जंगलमा आगलागी भयो । थुप्रै दिनसम्म जंगल बलिरह्यो । हेक्टरमा फैलिएको जंगल खरानी भयो । ठूलो संख्यामा जंगलमा बस्ने जीव–जन्तुको ज्यान गयो । थुप्रै मानिसले पनि आगजनीको चपेटमा आएर ज्यान गुमाए ।

१४ अगस्ट २०२१, हाइटी

22 m8sVZiSehd तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यस दिन हाइटीका थुप्रै शहरमा भूकम्प गयो । होटल, रेष्टुरेन्ट, अस्पताल, स्कूलसहित हज्जारौं भवन भकाभक ढले । निमेषभरमै सयौं जीवन ध्वस्त भयो । करिब ८ लाख जनता भूकम्पबाट प्रभावित भए, २२४० भन्दा बढीको मृत्यु भयो ।

१५ अगस्ट २०२१, काबुल, अफगानिस्तान

23 oveQrecNF6 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

अफगानिस्तानमा कू : अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गर्ने बित्तिकै तालिबानले आफ्नो आक्रमण तीब्र गरिदियो । अगस्ट आउँदा आउँदै तालिबानले पूर्ण रुपमा अफगानिस्तानमा कब्जा गरिदियो । राष्ट्रपति अशरफ घनी फरार भए । तालिबानी लडाकूले उनको कार्यालयलाई आफ्नो कब्जामा लिए ।

१६ अगस्ट २०२१, हाइटी

24 apczOrXqPw तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यी ३ वर्षका बालकको शव हो । हाइटीमा भूकम्पमा यी बालकको ज्यान गएको थियो जसलाई सेनाले निकालिरहेका छन् । यो भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गयो । यो भूकम्पका कारण धेरै बालबालिकाले ज्यान गुमाए । भोकमरीसम्म निम्तियो ।

१७ अगस्ट २०२१, काबुल

25 kwCofuSTwL तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

अफगानिस्तानमा तालिबानको कब्जासँगै भागदौड मच्चियो । मानिस ज्यान बचाउनका लागि भाग्न थाले । हेलिकोप्टरमा ठाउँ नहुँदा मानिस आफ्नो ज्यानको वास्तै नगरी त्यसमाथि चढे । उडान भर्ने बित्तिकै धेरै मानिस भकाभक लडे जसका कारण यसमा धेरैले ज्यान गुमाए ।

१९ अगस्ट २०२१, काबुल, अफगानिस्तान

26 8P9pRW9rHZ तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

मेरो बच्चालाई बचाऊ : तालिबानीको कब्जापछि अफगानिस्तानमा हज्जारौं जनताको ज्यान गयो । हज्जारौं व्यक्ति देश छोड्न बाध्य भए । यो तस्बिर पनि त्यहि दर्दनाम घटनाको कहानी बयान गर्छ । अफगानी जनताले आफ्ना बच्चालाई अमेरिकी सैनिकको हातमा सुम्पिरहेका छन् ता कि उनीहरुको बच्चाको ज्यान बच्न सकोस् ।

२७ अगस्ट २०२१, स्विटजरल्याण्ड

27 4NMHpZIe3m तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

गाई बचाउ अभियानः स्विटजरल्याण्डमा गर्मीका कारण थुप्रै गाई पहाडमा घाइते र बिरामी भए । त्यसपछि यिनिहरुलाई ६,४०० फिटको उचाईबाट एयरलिफ्ट गरेर सुरक्षित स्थानमा पुर्याइयो । वास्तवमा, स्विटजरल्याण्डमा गाईको असाध्यै महत्व छ । यहाँको व्यापारमा दुग्धजन्य पदार्थको निकै योगदान छ ।

३० अगस्ट २०२१, काबुल, अफगानिस्तान

28 KTPiN6Sre2 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

अमेरिकाका अन्तिम सैनिकः यी अमेरिकाका कमान्डर क्रिस डोनाहुए हुन् । यी अफगानिस्तानबाट बिदा लिने अमेरिकाका अन्तिम सैनिक हुन् । यसवर्ष ३० अगस्टमा अमेरिकाले अफगानिस्तानबाट पूर्ण रुपमा आफ्नो सेना फिर्ता बोलायो । अमेरिकाले ९–११ पछि सन् २००१ मा अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो ।

५ सेप्टेम्बर २०२१, टोक्यो, जापान

29 4j6KLBzI41 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

प्यारालम्पिकको समापनः टोकियो प्यारालम्पिक सन् २०२० को सुरुवात २४ अगस्ट २०२१ मा भयो र ५ सेप्टेम्बरमा यसको समापन भयो । यसमा संसारभरीका ४ हजारभन्दा बढी खिलाडी समावेश भए । यतिबेला ५४० कार्यक्रम भए ।

८ सेप्टेमबर २०२१, काबुल , अफगानिस्तान

30 tBishquhfI तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यो त क्रुरता हो : यो तस्बिर थोरै विचलित गर्ने खालको छ । अफगानिस्तानमा कब्जा गरेपछि तालिबानले आफ्नो क्रुर व्यवहार देखाए । उनले त्यहाँ पत्रकारलाई पनि कुटे । नेमत नकदी र तकी दरियाबी नामका दुई पत्रकारले लुगा फुकालेर आफ्नो घाउ देखाउँदै ।

२१ सेप्टेम्बर २०२१, कंगो

31 HGY04FiBaZ तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

एक पहाडी गोरिल्ला नेशनल पार्कको हेरविचार गर्ने आन्द्रे बाउमाको काखमा बेह्रिएको छ । ऊ दुई वर्षको हुँदादेखि नै बाउमाले उसको हेरविचार गरिरहेका थिए । गोरिल्ला लामो समयदेखि बिरामी थियो । बाउमाले उसलाई बचाउने भरपुर कोसिस गरे तर बचाउन सकेनन् । १४ वर्ष पुगेपछि गोरिल्लाको मृत्यु भयो ।

३० अक्टोबर २०२१, स्पेन

32 OCsAtR4y9Z तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यो तस्बिर हेर्दा सुन्दर देखिन्छ तर यसको कहानी भयावह छ । यो भयंकर ज्वालामुखी बिस्फोटपछिको दृश्य हो । यसले थुप्रै घरलाई ध्वस्त पार्यो । करिब २५ हजार एकड एरियामा चारैतर्फ यसले प्रभावित पारेको थियो ।

३१ अक्टोबर, चर्चिल, क्यानडाः

33 zEH65W4qFC तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

क्यानडामा भालुको आतंक निकै धेरै छ । थुप्रै मानिस भालुको हमलाको शिकार भइसकेका छन् । यसबाट बच्नका लागि मानिस नयाँ–नयाँ तरिका अपनाइरहेका छन् । यी १० वर्षकी बालिका पनि तीमध्ये एक हुन् । उनले भालुबाट बच्नका लागि आफूलाई नै भालुको रुपमा परिवर्तन गरेकी छिन् ।

डिसेम्बर २०२१, अमेरिका

तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

डिसेम्बरमा अमेरिकाका थुप्रै शहरमा आँधीले भयंकर कहर निम्त्यायो । ५–६ राज्य विध्वंश नै मच्चियो । अमेरिकाका राष्ट्रपति जो बाइडेनले यसलाई अमेरिकाको सबैभन्दा ठूलो आँधी बताएका थिए ।

१४ डिसेम्बर २०२१, केन्या

35 6NfMG06762 तस्बिर जो इतिहास बने : कहिले मुटु काम्यो, कहिले आँखा रसाए, कहिले मन छोयो

यी ६ जिराफले पानी र खानाको कमीले ज्यान गुमाए । उनीहरुको शरीर जर्जर भएको थियो । तस्बिर केन्याको वजिरको साबुली वाइल्डलाइफ कन्जर्वेन्सीको हो । केन्या हाल भयंकर भोकमरीको अवस्थाबाट गुज्रिरहेको छ । ६० भन्दा बढी जनावर पानीको अभावमा आफ्नो ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस