PRSF 9.54 -0.11 SBID83 1098 8.7 LLBS 1050 5 NHDL 570 0 DORDI 429 -3.3 GIBF1 9.69 0.1 HRL 861 -4 AKJCL 209 -3 NGPL 472 -2.9 PMHPL 260 -4 UNLB 2527 -3.9 SWMF 812 -13 USHEC 523 -7 AKPL 248.5 -2.5 HIDCLP 183 -2 API 289.5 2.5 SLBSL 1398.4 21.4 BHDC 583 5.4 EHPL 840 7.9 SARBTM 765 -5 USLB 1467 -2.9 NBBD2085 1100 0 SAPDBL 569.6 -7.4 SMB 1809 4 SBLD89 1200 16.1 CCBD88 1123.1 6.1 MPFL 751 5 SIGS2 10.05 0 SINDU 667 -6 NLO 242.1 0 BHPL 655.1 -12.7 SCBD 1111 6 MLBS 1532.3 -86.7 NLIC 814 -13.4 NIL 912 8 NFS 1350 -43 PBLD87 1028 -2 RAWA 889 29 IHL 499 -1 LBBL 475 -4.8
×
माओवादीले ल्यायो अबदेखि काठमाडौंमा बस्न नपाउने यस्तो निएम , बस्नेलाइ के हुन्छ ?



नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने भएका छन् ।

पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।

’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,’ प्रचण्डले भने ।

विचार निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने प्रचण्डको घोषणा  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् ।  कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।

वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ ।

 धेरै बोल्दा देश खतरातर्फ जान्छ, पार लगाइन्छ : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बार अमूर्त जवाफ दिएर टार्ने प्रयत्न गरेका छन् ।

गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए ।

‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ,’ उनले भने ।  एमसीसी पार लगाउने भन्ने प्रचण्डको जवाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । उनको सो धारणा एमसीसी खारेज गर्नुपर्ने केही महाधिवेशन प्रतिनिधिको बुझाइ छ भने अधिकांश अलमलमा परेका छन् ।

 प्रचण्डको प्रतिवेदन पारित  : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस