


हेडलाईन अनुसार समाचार भिडियोमा हेर्नुहोला ।।
केपी ओलीको जस्तो भिजन नेपालमा कसैसँग छैन, अब प्रचण्डले काँग्रेस कब्जा गर्छनः सुन्दरमणी दिक्षित
नेपाली काग्रेसले माओवादी केन्द्र , नेकपा एस लगायतका कम्युनिष्ट पार्टी सँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेको छ । यसै विचमा यो गठबन्धन निर्वाचन सम्मै कायम रहलाकी नरहला भनेर पनि विभिन्न चर्चा विश्लेषणहरु हुने गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर नेकपा एमाले र केपी ओलीलाई पत्तासाफ बनाउँने हुंकार पटक पटक दिएका छन् । त्यसो भएमा कसो होला भन्ने चर्चा पनि हुने गरेको छ ।
यसै विचमा नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितले भने काग्रेस र कम्युनिष्टको विचमा गठबन्धन गर्ने कुराका बिषयमा स्वादिलो जवाफ दिएका छन् । आउँदो चुनाव बाट पनि पत्तासाफ हुने मन छ भने माओवादी र माधव नेपाल सँग काग्रेसले गठबन्धन गरोस् भनेर दिक्षितले जवाफ दिएका छन् ।
विशेष कुराकानीमा डा दिक्षितले कोही कमजोर छ भने न अर्को सँग गठबन्धन गर्छ नभए किन गर्छरु भन्दै गठबन्धन गर्न तयार हुनुनै काग्रेसको पहिलो हार हुने बताएका छन् ।
काग्रेस र कम्युनिष्ट गठबन्धन गरेर गए पनि जनताले त्यसलाई अस्विकार गर्ने भन्दै दिक्षितले त्यसको सोझो फाइदा फेरी पनि ओलीलाई नै हुने दावी गरेका छन् ।
उनले ओलीको जस्तो दुरदर्शीता कसैँसँग नरहेको उल्लेख गर्दै काँग्रेस कब्जा गर्ने रणनीतिमा प्रचण्ड लागेको समेत बताए । उनले भने विगतमा प्रचण्डको एमाले कब्जा गर्ने रणनीति थियो तुर दुरदर्शिताका अगाडी त्यो टिक्न सकेन । अहिले प्रचण्ड काँग्रेसलाई धुलो पिठोे बनाउने मिसनमा लागेका छन् ।
एमाले र केपी ओली चुनावको लागी सिंह जस्तो भएर बसेको भन्दै डा दिक्षितले काग्रेसले माओवादी र माधव नेपाललाई बोकेर चुनावमा गए त झन् हरिबिजोग हुने ठोकुवा गरेका छन् । माधव नेपाल जस्ता पार्टी फुटुवाको पछि लागेर हिड्ने हो काग्रेसले रु भन्दै डा दिक्षितले कडा प्रश्न गरेका छन् ।
नेपाली काग्रेसका संस्थापक नेता विपी कोइराला सँगको स्मरण सेयर गर्दै डा दिक्षितले नेपाली काग्रेस कस्तो पार्टी हो भनेर सचेत गराएका छन् । २०३६ सालमा निर्दल की बहुदल भनेर भनेर भएको निर्वाचको एउटा घटना उनले सुनाएका छन् । निकै मर्मस्पर्शी घटना सुनाएका दिक्षित त्यस बखत भावुक पनि भएका थिए ।
२०३६ सालको जनमत संग्रहको बेला आफु विपी कोइरालाको चिकित्सक भएको भन्दै दिक्षितले एक दिन विपीले भनेको कुरा सुनाएका छन् । त्यस बेला निर्दललाई हराएर बहुदललाई जिताउँन चिकित्सक भएर पनि आफुले पनि धाँधली गरेको र त्यो कुरा सुनाउँदा विपीले निको नमानेको डा दिक्षितले भनेका छन् ।
चुनाव हारे पछि उपचारको क्रममा विपि सँग भेट हुँदा विपी बावु हामीले चुनावमा यसरी धाँधली गरेउँ तर पनि चुनवा जित्न सकिएन के गर्ने भनेर मैले भने त्यस बेला विपी हस्पीटलमा हुनुहुन्थ्यो राम्रो सँग बौल्न पनि नसक्ने उहाँले विस्तारै आवाज निकालेर भन्नु भयो ‘डा साब यसरी धाँधली गरेर जितेको पनि जित हुन्छ र रुहुँदैन’ । यस्तो जित के जित भनेर विपीले भन्नुभयो । दिक्षितले विपीको त्यो बोली सुनाए ।
लोकतन्त्रप्रति त्यस्तो आस्था राख्ने विपी कोइरालाको पार्टी अहिले माओवादी र माधव नेपाल बोकेर हिँडेको भन्दै डा दिक्षितले विपी कोइराला त कम्युनिष्टहरु सँग सहकार्य नै गर्न हुँदैन भन्ने पक्षमा रहेको पनि सुनाएका छन् । डा दिक्षितले किटान गरेरै भनेका छन् यदि चुनावमा काग्रेसले माओवादी र माधव सँग गठबन्धन गरेर गयो भने जनताले थुक्छन् ।