चर्चित र्यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहित पोखराबाट पक्राउ परेका छन् ।
चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागुऔषध सहित पक्राउ परेका छन् । पोखराबाट बुधबार राति लागुऔषधसहित उनी पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीको दाबी छ ।
कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् । न्युरोडस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो । ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । लाउरेसँगै चारजना पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनीहरूको साथबाट ब्राउन सुगर र अन्य लागुऔषध बरामद भएको बताइएको छ ।
लाउरे युवा पुस्तामाझ लोकप्रिय छन् । ‘प्रहरी खटिएको थियो । सेवनको प्रयोजनका लागि कारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, ‘त्यही सूचनाका आधारमा पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ, प्रारम्भिक रूपमा उनी दोषी देखिए ।’
लाउरेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । बिहीबार अदालत बन्द भएकोले मुद्दा अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । शुक्रबार लागुऔषध मुद्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ ।
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Connect with
I allow to create an account