GRDBL 743 5 NIMB 241.9 -9.1 C30MF 9.74 0 EBLD85 1105 5 RFPL 532 11.1 LICN 1995.9 -27.1 SMPDA 910 -1 MERO 760 0.5 MMKJL 543.6 9.6 SWBBL 1065 2.1 JOSHI 305 -6.8 SBD87 1048 11.9 KDBY 9.21 -0.23 DORDI 429 -3.3 SIFC 628 10 RMF1 9.15 -0.1 SADBL 419 -1 MKHC 339 -1 MLBBL 1635 15 NIL 912 8 SMATA 875 -16 DOLTI 538 10 CZBIL 242 -10 KSBBL 448 -3 NLIC 814 -13.4 DDBL 916.2 3.1 NICSF 9.5 0.25 SHPC 525 -3.9 BHDC 583 5.4 NFS 1350 -43 PRVU 248 -10 NIBSF2 8.9 0.08 JBBL 351 -3.1 MKCL 1497 -26 RLFL 625 6.9 LBBLD89 1208.5 23.5 SNMAPO 190 0 IGI 600 -4 NMBD87/88 1027 -3 HIDCLP 183 -2
×
अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीकाे पढाइ राेक्याे नोबेल मेडिकल कलेजले , सरकार भने मौन।



विराटनगरमा रहेकाे नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले ११ पुसदेखि पठनपाठन गर्न निर्देशन दिए पनि कलेजले दुई दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधबारदेखि पढाइ राेकेकाे हाे । एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीका अनुसार ११ पुसबाट कक्षा सुरु भए पनि १२ र १३ पुसमा सेक्युरिटी गार्ड राखेर पठनपाठन गराइएको थियाे । तर, १४ पुसबाट पढाइ नै राेकियाे ।

अतिरिक्त शुल्क बुझाउनेकाे पढाइ भने जारी नै रहेकाे छ । कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृतिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेजको माथिल्लो भवनकाे छुट्टै कक्षामा लगेर पढाइ भइरहेकाे ती विद्यार्थीले सुनाए ।

नोबेलमा एबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावक ५ पुसदेखि आन्दोलनमा छन् । कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ सामाजिक विकासमन्त्री, आन्तरिक मामिलिा तथा कानुनमन्त्रीदेखि जिल्ला प्रशासन कार्यालयसम्म ज्ञापन पत्र बुझाइसकेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ६ पुसमा कलेज प्रशासन तथा अभिभावकलाई राखेर छलफल गरेका थिए ।  दाहालले नोबेललाई एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र ११ पुसदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएका थिए । छलफलमा कलेजका संचालक डा.सुनिल शर्मा र प्रजिअ दाहालबीच चर्काचर्की नै परेको थियो ।

आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । होस्टलमा अनिवार्य बस्नु पर्ने, होस्टलको शुल्क मासिक १२ हजारका दरले एकमुष्ट दिनुपर्ने कलेज प्रशासनकाे माग छ ।

कलेजका प्रिन्सिपल डा. रामहरी घिमिरे र कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालसँग सम्पर्ककाे प्रयास गरिए पनि उनीहरु सम्पर्कमा आउन चाहेनन् । प्रजिअ दाहालले कलेजले अतिरिक्त शुल्क लिएको बीलसहित उजुरी लिएर आए कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस