SEF 9.51 -0.24 LEC 276.8 -6 UNLB 2527 -3.9 C30MF 9.74 0 GBILD86/87 1030 4 SSHL 215 0.8 KPCL 493 -0.8 NFS 1350 -43 NBLD85 1025 0 HRL 861 -4 KSY 9.22 -0.19 TAMOR 482.9 -2.1 VLBS 902.5 -7.5 SLCF 9.21 -0.1 SAGF 9.31 0.01 NUBL 730 2.8 FOWAD 1479 0 MKCL 1497 -26 UMRH 475 -1.9 ILBS 980 -21.5 RBCL 17071 -109 KSBBL 448 -3 TPC 465 6 BBC 4255 50 ADBL 367 -11.1 CLI 634 -4.9 PMHPL 260 -4 HEI 648 -10 SARBTM 765 -5 PPCL 262 -5.2 CIT 2195 0 BARUN 379 -6.1 EHPL 840 7.9 RAWA 889 29 SRLI 443.1 -4.9 SRBLD83 1065 -10 NICD88 1032 -21 SGHC 393.6 0.1 MSLB 1564 -70 NICLBSL 705.5 -7.5
×
माओवादी महासचिवमा कसले मार्ला बाजी ? यस्तो छ सम्भावना।



नेकपा मा‌ओवादी केन्द्रको ८ औं महाधिवेशन चलिरहेको छ ।

काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार दिनभरको समय तय गरिएको थियो । २५ समूहमा विभाजित भएका प्रतिनिधिले प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बहस गरेका छन् । अब टोली नेताले आफ्नो समूहमा प्राप्त सुझावलाई भोलि मध्याह्न १२ बजेपछि प्रस्तुत गर्ने छन् र त्यसको निचोडको आधारमा प्रतिवेदनलाई परिमार्जन गर्दै पास गरिने छ ।

प्रतिवेदनको काम सकिएपछि अब अर्को महत्वपूर्ण विषयमा बन्दसत्र प्रवेश गर्छ । यसैपटकदेखि बहुपदीय अवधारणामा गएको माओवादी केन्द्रले १५ जना पदाधिकारी चयन गर्नु पर्नेछ छ भने केन्द्रीय समिति चयन गर्नुपर्नेछ ।

माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरु समावेश गर्ने भनिएको छ । त्यसको क्लस्टर अनुसार प्रतिनिधित्व हुने गरी अध्ययन गर्न देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

माओवादीको शीर्ष नतृत्वले पूराना वा संसदवादी दलहरुजस्तो आफूहरुमा पदको भागवण्डा नहुने र त्यसका लागि नकुद्ने औपचारिक रुपमा बताउँदै आएका छन् तर आन्तरिक रुपमा भने पदाधिकारी र केन्द्रीय नेतृत्वमा पुग्न लविङ गरिरहेका छन् ।

सबैभन्दा पेचिलो बन्दै महासचिव चयन

वामपन्थी पार्टीमा बहुपदीय प्रणाली हुँदा पनि महासचिवलाई शक्तिशाली मानिन्छ र आगामी समयका लागि पार्टी नेतृत्वको एक खालको उत्तराधिकारी । त्यसैले माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।

तीन दशकदेखि पार्टी नेतृत्वमा रहिरहेको भन्दै प्रचण्डको आलोचना भइरहँदा उनले अब पाँच वर्षपछि हुने महाधिवेशनमा फेरि दाबी नगर्न सक्ने सम्भावना पनि बलियो रहेको तर्क गरिएको छ । हुन त प्रचण्डले नै यसपछि आफूले नेतृत्व हस्तान्तरण गर्ने खालको अभिव्यक्ति दिइसकेकाले महासचिव को हुने भन्ने विषय नेता कार्यकर्तामाझ जति चासोको विषय बनेको छ त्यो भन्दा धरै पेचिलो प्रचण्डलाई रहेको छ ।

आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान पुन मध्ये कसलाई वा त्यसबाहेक पम्फा भुसाल वा अन्य कसैलाई भन्ने निर्णय प्रचण्डले गर्नु पर्ने भएको छ ।

दुबैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहँदा पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएका छन् । उपचारका क्रममा रहेर महाधिवेशनमा सहभागी हुन नपाएका पुनले चीनका शक्तिशाली नेतालाई भेटेर प्रचण्डमाथि दबाब बढाएको कतिपयले अनुमान गरेका छन् ।

यता जनार्दन प्रचण्डमाथि दबाब दिन सक्ने क्षमता राख्छन् । महासचिवमा कुरा मिलेन भने चुनावमै जानु पर्नेमा उनको जोड रहेको स्रोतको दाबी छ ।

प्रचण्डको चाहना हेटौंडा मोडल

तर, अध्यक्ष प्रचण्डले भने जारी महाधिवेशनबाट आफू अध्यक्ष र अन्य केन्द्रीय सदस्यमात्र चयन गर्ने तयारी गरेका छन् ।  पछि केन्द्रीय समितिबाट पोलिटव्युरो र स्थायी कमिटी र पदाधिकारी तोक्ने तयारी उनको छ । यसअघि हेटौंडामा सम्पन्न ७ औं महाधिवेशनमा पनि यस्तै गरिएको थियो ।

त्यसो गर्न सकिएको खण्डमा जनार्दनलाई मन्त्रीको जिम्मेवारी निरन्तर दिएर अन्यत्रै व्यवस्थापन गर्ने र पुनलाई महासचिवको जिम्मेवारी दिन सक्ने सम्भानाव रहेको पुन पक्षका नेताहरुको तर्क छ । तर जनार्दनलाई पनि टाढा पार्न प्रचण्डले चाहेका छैनन् । त्यसैले दुई मध्ये एक छान्नु भन्दा तेस्रो पक्षमा उनी जान सक्ने सम्भावना पनि बलियो रहेको माओवादीका एक स्थायी समिति सदस्यले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस