×
माओवादी महाधिवेशन : बन्दसत्रको हलभित्रै ऋषि धमला प्रत्यक्ष प्रशारण भन्दै छिरेपछि खैलाबैला (भिडिओसहित)



सत्तारूढ नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा बन्दसत्र जारी छ ।

विभिन्न समूह बनाएर अहिले नेताहरु अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन् । प्राइम टिभीको प्रत्यक्ष प्रशारण कार्यक्रममार्फत पत्रकार ऋषि धमला बन्दसत्रको हलभित्रै प्रवेश गरेपछि एकछिन खैलाबैला मच्चिएको छ । प्रज्ञा भवनको हलभित्र बन्दसत्रमा नेताहरु छलफलमा जुटिरहेको अवस्थामा पत्रकार धमला लाईम कार्यक्रममार्फत छिरेका थिए ।

सुरुमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि अध्ययन भैरहेको र प्रतिवेदनले पार्टीलाई नयाँ उचाईमा पुर्याउने धारणा राखेका थिए । सो क्रममा धमलाले अध्यक्ष पुष्पकमल दाहालदेखि महासचिवका दाबेदार जनार्दन शर्मासँग कुराकानी गरेका थिए ।

हेरौं भिडिओ :

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस