ALICL 714.5 -1.2 UNLB 2527 -3.9 NIMBPO 176.9 -1.1 NRM 426.1 -4.9 NBLD87 1020 -8 VLUCL 588 -1.9 NIBLGF 9.1 0.38 BNHC 466.9 0.7 NBF2 9.15 -0.05 SINDU 667 -6 MDB 630 -3.8 SLBSL 1398.4 21.4 SPIL 853 -18 HDL 1423.1 49.1 NICGF2 8.78 -0.02 OHL 925 -9 NFS 1350 -43 UNL 48870 -930 NIL 912 8 MKHL 493 -6 PHCL 465.1 -9.9 BBC 4255 50 CHDC 1684 -35.9 SMB 1809 4 CLI 634 -4.9 KSY 9.22 -0.19 SNMAPO 190 0 EBLD85 1105 5 CHL 353 0.4 CCBD88 1123.1 6.1 HURJA 220 -4.6 SWBBL 1065 2.1 SPC 520 5 UNHPL 266 0 NIBLSTF 8.68 0 NIMB 241.9 -9.1 NMB 263.9 -7.1 HDHPC 208.8 -4.1 MMF1 8.98 0.1 UHEWA 476 -11
×
नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकीकरण



माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र  नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ ।

राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन् ।उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए ।

विप्लवलाई माधव नेपालकाे आग्रह- विचार र चिन्तन परिवर्तन गर्नुहोस्  : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।

राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिए ।

‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ ।’

साथै उनले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताए । विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूले पनि चासो राख्नुपर्ने भन्दै उनले उद्यमशीलतामा समय र आर्थिक खर्च गर्नुपर्नेमा जोड दिए ।
 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस