NICGF2 8.78 -0.02 LSL 253.5 -5.5 SONA 473.2 -7.8 NABBC 631 -12 IHL 499 -1 TAMOR 482.9 -2.1 PRSF 9.54 -0.11 NMB50 10.3 0.05 NESDO 2229 -18 SHL 512 -4.5 PBD84 1065 1.7 EDBL 645 -1.9 HLI 472 -4 SBLD84 1040 19.3 SKBBL 934 -3 EBLD86 1040 -2 SEF 9.51 -0.24 RAWA 889 29 HIDCL 270.7 -4.1 CGH 909 -5 KBLD86 1115 0 GLBSL 1600.4 -29.6 CCBD88 1123.1 6.1 NADEP 1030 -55 SMATA 875 -16 CLI 634 -4.9 NMFBS 1435 1 ENL 1102 -18 UHEWA 476 -11 UMHL 308 -4 RFPL 532 11.1 SNLI 585.1 -0.9 SAHAS 505 28 GBLBS 738 -10 NICBF 9.3 -0.08 CIT 2195 0 PBD85 1079.9 19.9 FMDBL 758 -0.1 GRDBL 743 5 CFCL 647 27.1
×
एमाले पार्टी कार्यालयमा शव भेटियो , को हुन त त्यी व्यक्ति ?

Concept of road accident scene, High angle view of chalk outlined dead body covered under white cloth laying on road



नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् । उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।

मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता : नेकपा माओवादीका नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् । उचारका क्रममा चीनको सेनजेनमा रहेका उनले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता भएको हो । स्वास्थ्यका कारण देखाउँदै महाधिवेशनमा सहभागी नभएका पुनले झाओ नेतृत्व टोलसँग भेटवार्ता गरेका हुन् ।

झाओको टोलीसँग पुनको भेटवार्ता हुँदा पुनकी पत्नी पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा कुराकानी गरेको बताएका छन् ।

पुनका अनुसार नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेका छन् ।

सो भेटवार्ताका क्रममा पुनले अहिलेको पाँच दलीय गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।

वंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण करिब ३ महिनादेखि पुन उपचाररत छन् । जण्डिस दोहोरिएपछि नेता पुन १३ असोज १३ मा बैंककतर्फ लागेका थिए । उनको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस