AHL 651 2 UPPER 214.2 -1.8 BPCL 449 -7 LBLD86 1081 -0.2 HDL 1423.1 49.1 LSL 253.5 -5.5 NMFBS 1435 1 JFL 655 6 KBLD86 1115 0 SPHL 666.9 16.9 BNHC 466.9 0.7 SIFC 628 10 DLBS 1374 30 RMF2 9.21 -0.13 SMJC 574 -6 NIFRA 280 -5 BFC 625 9.1 RFPL 532 11.1 MND84/85 1030 2 SHINE 473 -1.8 NLG 1317 2 RURU 740 -9.8 NWCL 975 -13.9 SIGS2 10.05 0 CHCL 568.9 -8.1 GBILD86/87 1030 4 SALICO 747 -9.1 RAWA 889 29 GRDBL 743 5 MEL 292 2 GIBF1 9.69 0.1 NGPL 472 -2.9 NRM 426.1 -4.9 USHL 783.2 -13.7 CIZBD86 1060 -10 NICFC 8.97 -0.33 HBLD83 1056.3 0.3 NMB 263.9 -7.1 MBLD2085 1085 6.5 MLBSL 2000 -26
×
कार्यकर्ताले बिरोध गर्दा प्रचण्डले एमसिसी बारे आफ्नो प्रतिवेदनमा यस्तो लेखेपछि …….



नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीति प्रतिवेदन पेस गरेका छन् ।

उनले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ ।  प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् । प्रतिवेदनमा उनले माओवादी पार्टी र नेताहरुको कमजोरीलाई समेत औंल्याएका छन्  ।

उनले नेता कार्यकर्ताको जीवनशैली र भुत्तेपनको आलोचना गर्दै आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसावमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गरेका छन् । पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

एमसिसी बारे के छ ?

प्रचण्डले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीबारे के उल्लेख गरेका छन् भन्ने चासो यतिबेला उनका पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि रहेको छ । कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको छ र उनको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई पास गर्न चाहिरहका छन् ।

देउवाले हिजो मात्रै माओवादीकै कार्यक्रममा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएको अवस्थामा प्रचण्डले प्रतिवेदनका बारेमा कस्तो व्याख्या गरेका छन् भन्ने चासो रहेको छ । उनले प्रतिवेदनमा एमसिसीबारे लामै लेखेर प्रष्ट पार्न खोजेको कतिपयको आकलन भए पनि यसबारे कम मात्र चर्चा गरिएको छ ।

प्रतिवेदनमा प्रचण्डले एउटा बुँदा उल्लेख गरेका छन् । उनले एमसिसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।  एमसिसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस