NICLBSL 705.5 -7.5 GUFL 735 5 NBF2 9.15 -0.05 SMH 1064.8 5.9 USHEC 523 -7 SBLD89 1200 16.1 NABIL 594 3 UNLB 2527 -3.9 SMFBS 1505.2 6.2 USLB 1467 -2.9 SAPDBL 569.6 -7.4 STC 5908 9 ULHC 390 -7.9 MLBBL 1635 15 NBLD87 1020 -8 SFEF 9.29 0.22 NMBD87/88 1027 -3 UPCL 262.2 -2.7 MMKJL 543.6 9.6 KBLD89 1156 1 TSHL 909 -11 HBLD83 1056.3 0.3 ILBS 980 -21.5 SBCF 9 -0.2 HATHY 1322 13 TVCL 461 1 GBILD86/87 1030 4 SWBBL 1065 2.1 LSL 253.5 -5.5 HHL 439 -3.2 HPPL 316.3 -3.6 NYADI 305.4 -6.6 RHGCL 388 0 SHIVM 599 -8 MKHC 339 -1 NRM 426.1 -4.9 SMB 1809 4 NGPL 472 -2.9 NBLD85 1025 0 CBBL 980 1
×
विवादमा सनी लियोनी नाचेको भिडियो: गीतको शब्द परिवर्तन गर्न गृहमन्त्रीको दबाब



बलिउडमा धेरै वटा गीतलाई धार्मिक भावनालाई चोट पुर्याएको आरोप लाग्ने गरेको छ ।

गीत मात्रै होइन फिल्महरुले पनि धार्मिक भावनालाई ठेस पुर्याएको भन्दै विवादको सामाना गरेका छन् । यसका लागि फिल्म तथा गीत निर्माताले माफी मागेका पनि छन् । पछिल्लो समय यस्तै विवादमा तानिएकी छन्, सनी लियोनी । उनलाई ‘मधुवन में राधिका’ को साथ देखिएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले सनीको उक्त भिडियोले धार्मिक भावनालाई ठेस पुर्याएको भन्दै तुरुन्त गीतको शब्द परिवर्तन गर्न आदेश दिएका छन् ।

सारेगम ले स्टेटमेन्ट जारी गर्दै भनेको छ, ‘गीतलाई लिएर हालै गरिएको समीक्षा र प्रतिक्रियालाई मध्यनजर गर्दै मानिसहरुको भावनाको कदर गर्दै ३ दिनभित्र गीतको शब्द परिवर्तन गरिनेछ ।’

तीन प्लेटफर्ममा यो गीतको संस्करण सेयर गरिने र पुरानो भर्जनलाई हटाइने जानकारी दिएको छ । गीत गत डिसेम्बर २२ मा रिलीज भएको थियो । गीतको सुरुवाती शब्दहरु ‘मधुबनमा राधिका नाचिरहेको’ सन् १९६० को दिलीप कुमारको फिल्म कोहिनूरबाट लिइएको हो । जुन मोहम्मद रफीले गाएका थिए । शनिबार उत्तरप्रदेशका मधुरास्थित पुजारीहरु र श्रद्धालुहरुल्े गितमाथि विरोध जनाएका थिए भने अभद्र नृत्य गरेको आरोप लगाउँदै विरोध गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस