HLBSL 1010 -10 SIKLES 707 -3 GMFIL 623 1 PBD84 1065 1.7 NICBF 9.3 -0.08 NABIL 594 3 PROFL 655 7 NICA 452 -13 TRH 1118 -5 SMH 1064.8 5.9 LBBL 475 -4.8 AKJCL 209 -3 DDBL 916.2 3.1 FMDBL 758 -0.1 CBBL 980 1 GBILD86/87 1030 4 CIZBD86 1060 -10 IGI 600 -4 ULHC 390 -7.9 UNLB 2527 -3.9 CMF2 9.21 -0.1 DLBS 1374 30 MKJC 467.9 -1 SANIMA 326 -10.2 RHGCL 388 0 NESDO 2229 -18 EBL 605 5 NICAD8283 1169.8 86.8 LSL 253.5 -5.5 HRL 861 -4 MKHL 493 -6 PHCL 465.1 -9.9 BOKD86 1040 18 SARBTM 765 -5 MNBBL 395.8 -0.8 MSLB 1564 -70 SLBSL 1398.4 21.4 UPPER 214.2 -1.8 HATHY 1322 13 LEC 276.8 -6
×
२०० मिटरको दुरीमा किशोर-किशोरीको शव फेला



कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए।

जोशीले अनलाइनखबरसँग भने, ‘आइतबार राति भइसकेकाले दुवैको मृत्युबारे धेरै कुरा बुुझ्न सकिएन । हामी अनुुसन्धानकै क्रममा छौं ।’

गौरीगंगा नगरपालिका-३ का वडाध्यक्ष जगतराम चौधरीले पनि प्रहरी अनुुसन्धानबाट मृत्युको कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस