GLBSL 1600.4 -29.6 PHCL 465.1 -9.9 CIZBD86 1060 -10 SGIC 641.2 -4.8 NESDO 2229 -18 PMHPL 260 -4 MKHC 339 -1 LBBLD89 1208.5 23.5 VLUCL 588 -1.9 ALBSL 1040 -4 JSLBB 1513.9 38.9 CKHL 632 -8 SICL 832 0 NICGF2 8.78 -0.02 HBL 260 -13 ILBS 980 -21.5 KBSH 2386 -9 SINDU 667 -6 NICGF 10.56 -0.28 SBLD84 1040 19.3 GRDBL 743 5 LBLD86 1081 -0.2 MFIL 768 48 BHL 440 -13 NICA 452 -13 NICD88 1032 -21 BEDC 470 0 JBLB 1534 -3 SIGS2 10.05 0 NIL 912 8 NIBSF2 8.9 0.08 BFC 625 9.1 PMLI 562 1 SGHC 393.6 0.1 ANLB 4453.1 47 SKBBL 934 -3 IGI 600 -4 SBLD89 1200 16.1 SPIL 853 -18 NFS 1350 -43
×
आज सलमान खानको जन्मदिन : यी हुन् रोचक किस्सा



बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन ।

बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन । सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन् ।

उनको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो । सलमानले कैयौं सफल फिल्म निर्माण गरेका छन् । फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउछन् । यहाँ सलमानको बारेमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन्-

सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गरेका छैनन् । यो कुराको खुलासा उनले कपिल शर्मा शोमा गरेका थिए । उनका अनुसार २० वर्ष यता उनी कुनै होटल र रेष्टुरेन्टमा गएका छैनन् ।

उनी होटलमा जानुपर्ने अवस्था आएमा होटलको पछाडिको बाटो, किचनको बाटो, सर्भिस लिफ्ट या अन्य कुनै बाटोबाट जान्छन् । सलमान किचनको बाटो जान रुचाउछन् किनकी भोक लागेको अवस्थामा उनले त्यहाँ खाना खान पाउछन् ।

सलमानले सन् १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्ममा उनले सहकलाकारको भूमिका निर्वाह गरेका थिए । उनलाई सुपरस्टार बनाउने काम सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’ले गर्‍याे । सन् १९८९ को यो फिल्म सुपरहिट भएको थियो ।

यसपछि उनले ‘बागी’, ‘पत्थर के फूल’, ‘सनम बेवफा’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘जुडवा’, ‘वान्टेड’, ‘बजरंगी भाईजान’ र ‘एक था टाइगर’ जस्ता हिट फिल्ममा अभिनय गरे । सन् २०१० पछि सलमानको मुख्य भूमिकामा अभिनय रहेको फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिरहेका छन् । केही फिल्म दुई सय र तीन सय करोड क्लबमा पनि प्रवेश गरेका छन् ।

सलमान हरेक वर्ष आफ्नो जन्मदिन फार्महाउस पनवेलमा परिवारका साथ मनाउछन् । केक काट्न मन नपराउने सलमानको जन्मदिन केक उनका भतिज काट्छन् । सलमान उनीबाहेक अरुले आमा सलमा र हेलनलाई अन्यले छोएको मनपराउदैनन् । उनका साथीहरु पनि टाढैबाट अंगालो मार्छन् । सलमानका भाइ अरबाज र सोहेल पनि नजिक जान डराउछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस