MPFL 751 5 KBSH 2386 -9 FOWAD 1479 0 HRL 861 -4 SBLD84 1040 19.3 MDB 630 -3.8 UMHL 308 -4 NFS 1350 -43 MSHL 938 3 SALICO 747 -9.1 VLUCL 588 -1.9 NIMBPO 176.9 -1.1 NUBL 730 2.8 SHPC 525 -3.9 SRLI 443.1 -4.9 NLG 1317 2 ULHC 390 -7.9 DOLTI 538 10 KBLD89 1156 1 PPL 461 -2.5 LSL 253.5 -5.5 MHL 725 3.5 CHDC 1684 -35.9 KPCL 493 -0.8 ENL 1102 -18 KSBBLD87 1093.4 18.4 MBL 255 -4 GHL 218.5 -1.1 EBLD85 1105 5 MBJC 321 -8 UPCL 262.2 -2.7 UMRH 475 -1.9 NTC 980.1 -2.4 MANDU 885 -14 CKHL 632 -8 MLBSL 2000 -26 BHDC 583 5.4 HLBSL 1010 -10 MEHL 380.1 -19.9 KSBBL 448 -3
×
एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् ।

उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के,’ देउवाले भने ।

यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए ।

गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन  : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन् । मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएको देउवाले बताएका थिए ।

उनले प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताएका थिए । ‘मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाई गर्नुभएको हो,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस