SLBSL 1398.4 21.4 CIZBD86 1060 -10 MATRI 1405 -8 LBBLD89 1208.5 23.5 SBCF 9 -0.2 CLI 634 -4.9 NMLBBL 769 -11 HRL 861 -4 SMJC 574 -6 MLBSL 2000 -26 GBLBS 738 -10 CITY 805 -17 HATHY 1322 13 IGI 600 -4 GBBL 447 -6 LICN 1995.9 -27.1 CCBD88 1123.1 6.1 NICGF2 8.78 -0.02 PHCL 465.1 -9.9 NLO 242.1 0 NSIF2 10.52 0.02 NBLD85 1025 0 SFMF 10.2 -0.2 FOWAD 1479 0 NIL 912 8 MMF1 8.98 0.1 SAPDBL 569.6 -7.4 STC 5908 9 SMHL 613.1 -4 HLBSL 1010 -10 BHDC 583 5.4 PMLI 562 1 NIMBPO 176.9 -1.1 SANIMA 326 -10.2 KBSH 2386 -9 RBCLPO 12300 88 BHPL 655.1 -12.7 NESDO 2229 -18 MEN 631.1 -3.9 NIBD2082 1099 0
×
अनुभव नभएका युवालाई नेतृत्व दिने विषय पुँजीवादी शैली हो : मात्रिका यादव



नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मात्रिका यादवले राजनीतिक दलमा पुस्तान्तरणको कुरा पुँजीवादी शैली रहेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अनुभवी नेतालाई हटाएर नजानेका नेतालाई नेतृत्व दिने विषय पुँजीवादी शैली रहेको बताए ।

क्रान्तिलाई बीच बाटोमा छाडेर जाने विषय उचित नरहेको भन्दै उनले एमाले र माओवादीबीच एकता भएर गठन भएका नेकपा विभाजन कसले गरायो ? प्रश्न गरे । ‘प्रचण्डजी समाजवादी क्रान्तिमा सहमत हुनुभयो । कोही प्रधानमन्त्री बन्न एकता गर्नुभयो’, उनले भने, ‘सबै कुरा सर्वसर्वा भनेर नमान्दा विभाजन भयो ।’

देशको समृद्धिका लागि अझै दलीय एकता र सहकार्य आवश्यक : माधव नेपाल : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताएका हुन्

कानुन र विधिको पालना गरेर अघि बढेमा देश समृद्धि हुने भन्दै उनले नेता विधि र कानुनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको आरोप लगाए ।  राष्ट्रियताको सवालमा विमति राख्नुनपर्ने भन्दै उनले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य रहेको बताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै उनले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए । ‘कुराले मात्र जनताको मन जित्न सकिँदैन  । काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरुबीच, नेताहरुबीच छलफल गर्नुपर्छ,’ उनले भने ।

संसदभित्र र संसद बाहिर रहेका दल र बुद्धिजीविहरुबीच छलफल चलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका उनले अन्यथा देशले समृद्धि हासिल गर्न नसक्ने बताए ।

सक्षम जनशक्ति र साधनस्रोत भएमा देशको समृद्धि सम्भव रहेको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको समृद्धि हासिल गर्न गाह्रो हुने बताए ।   देश र जनताको समस्याकाबारेमा नेताहरूको ध्यान जानुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा छ : शंकर पोखरेल : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताएका छन् । नेकपा माओवादी केन्द्र आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै एमाले महासचिव पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको टिप्पणी गरेका हुन् ।

‘तीन वटा राजनीतिक परिवर्तन गर्‍यौं । तर, युग परिवर्तन गर्न सकेनौं । जनताले विकास र समृद्धि चाहेका छन् । यो कुरालाई मनन गर्नु जरुरी छ । महाधिवेशनमा चिन्तन मनन मुलुक डोर्‍याउने कुराहरू बहस हुनुपर्छ,’ उनले भने ।

तिक्तताका आ-आफ्नै नीति बनाउँदा मुलुक र जनताको भलो नहुने उनले बताए । ‘सामूहिकताको परिणाम परिवर्तन आएको हो । तर, संस्थागत हुन सकेन । सामूहिकता चाहिन्छ,’ उनले भने ।

उनले अहिले आर्थिक र सामाजिक रूपान्तरण महत्त्वपूर्ण कार्यभार भएको बताएका छन् । राष्ट्रियता, परराष्ट्र नीतिका सवाल दलहरू अलग हुने कुनै कारण नरहेको महासचिव पोखरेलले बताए । उनले पार्टी बलियो नभई समाज बदल्न सक्ने हुनुपर्ने धारणा राखेका थिए ।

पूर्वप्रधानमन्त्री भनेर माधव नेपाललाई सम्बोधन गरेका पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी ओली माओवादीको उद्घाटन सत्रमा आउने चाहना हुँदा हुँदै पनि विविध कारणले आउन नसकेको बताएका थिए । साथै उनले पार्टी अध्यक्षमा निर्वाचित हुन पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस