PRSF 9.54 -0.11 CLI 634 -4.9 PROFL 655 7 SFCL 704.1 63.6 FOWAD 1479 0 SMH 1064.8 5.9 BGWT 934.9 -21.1 UHEWA 476 -11 NICA 452 -13 WNLB 2650 -80 LSL 253.5 -5.5 DHPL 242 1 MBL 255 -4 BBC 4255 50 CIT 2195 0 DOLTI 538 10 SADBL 419 -1 NMB50 10.3 0.05 LLBS 1050 5 HHL 439 -3.2 PHCL 465.1 -9.9 VLUCL 588 -1.9 RADHI 397.9 7.9 CMF2 9.21 -0.1 UNHPL 266 0 MFLD85 1050 -20 LBLD86 1081 -0.2 PCBL 292 -2 LBBLD89 1208.5 23.5 SSHL 215 0.8 OHL 925 -9 SEF 9.51 -0.24 SAGF 9.31 0.01 NMB 263.9 -7.1 HRL 861 -4 SHL 512 -4.5 SNLI 585.1 -0.9 SIFC 628 10 JFL 655 6 BNT 14350 -50
×
२८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा



चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बिमा सेवा पुगेकाे छ ।

गत वर्ष यसै अवधिमा बिमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो ।  बिमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नाै हजार एक सय ५३ वटा जीवन बिमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बिमालेख जारी भएको छ ।

जीवन बिमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बिमालेख संकलन गरेका छन् । यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बिमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।

चालु आबको मंसिरसम्ममा जीवन बिमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बिमा शुल्क उठाएका छन् । यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बिमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस