×
Lagani
Lagani Shiksha gif
एक्सेलको २७ हजार कित्ता सेयर लिलामी बिक्री खुला



एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

बैंकले बुधबारदेखि सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मकबोलपत्रमा सहभागिता जनाउन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif

यसमा लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि २५ असोजदेखि २१ कात्तिमसम्म २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता (३० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकले अहिले सो अवधिमा बिक्री नभएको सेयर लिलामीमार्फत् बिक्रिमा ल्याएको हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि यसको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस