×
मतगणना सकियो , को बन्यो त कांग्रेसको सभापति ।



नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ ।

कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन् ।त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।

मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह आइपुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरिरहेका छन् ।

देउवाकाे विजयीले लाेकतन्त्र सुदृढ हुन्छ, पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनुहुन्छ : खाँण : दाेस्राे पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाकाे कार्यकालमा लाेकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

पार्टीकाे १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुन: निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएकाे टिप्पणी गरे ।

‘प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएकाे छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढछ । उहाँकाे नेतृत्वमा स्थानीय, प्रदेश र संघकाे निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,’ उनले भने ।

कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरुमा केही व्यवस्थापकीय कमीकमजोरी रहेकाे स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजाेरी सुधार गर्दै लगिन बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस