×
Lagani
Lagani Shiksha gif
देउवाबाट पार्टी चल्न सक्दैन भन्ने प्रकाशमान सिंहले किन गरे देउवालाई समर्थन ?



नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै नेता सिंहले त्यस्ता समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

Lagani Shiksha gif
sharehubapk देउवाबाट पार्टी चल्न सक्दैन भन्ने प्रकाशमान सिंहले किन गरे देउवालाई समर्थन ?

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’ नेता सिंहले विज्ञप्तिमा भनेका छन्, ‘ कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु।’

सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर समूहमा लगातार छलफल भए पनि साझा उम्मेदवार तय हुन नसकेपछि उनी सहित शेखर कोइराला मैदानमा उत्रिएका थिए ।

देउवाबाट अब पार्टी चल्न नसक्ने बताउँदै आएका नेता सिंहले दोस्रो चरणमा संस्थापन इतरका उम्मेदवार कोइरालाको सट्टा देउवालाई साथ दिएपछि पदका लागि उनले क्याम्प परिवर्तन गरेको भन्दै समाचारहरु सार्वजनिक भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस