राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश, २०८३ जारी गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको हो। यससँगै सरकारले राष्ट्रपति कार्यालयमा पठाएका ८ अध्यादेशमध्ये हालसम्म ३ वटा जारी भइसकेका छन्।
यसअघि पनि राष्ट्रपति पौडेलले बिहीबार सहकारी तथा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका थिए। बाँकी अध्यादेशहरू भने हाल अध्ययन प्रक्रियामा रहेका छन्।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











