×
Lagani
Lagani Shiksha gif
यूनाइटेड अजोडको ४४७.५० रुपैयाँमा तय भयो लिलामी सेयरको कटअफ मूल्य



काठमाडौं, १७ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा कटअफ मूल्य कायम भएको छ। कम्पनीले लिलामीमार्फत बिक्रीमा राखेको कुल ७० हजार ४८० कित्ता सेयरको बाँडफाँड प्रक्रिया सम्पन्न गर्दै अन्तिम मूल्य सार्वजनिक गरेको हो।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमा राखिएको सेयरको गोप्य शिलबन्दी बोलपत्र असार ११ गते खोलिएको थियो। आवश्यक मूल्याङ्कन र प्रचलित धितोपत्रसम्बन्धी कानुनी व्यवस्था अनुसार असार १६ गते सेयर बाँडफाँड गरिएको हो।

Lagani Shiksha gif
sharehubapk यूनाइटेड अजोडको ४४७.५० रुपैयाँमा तय भयो लिलामी सेयरको कटअफ मूल्य

लिलामीमा बिक्री गरिएको कुल सेयरमध्ये ६३ हजार ८४७ कित्ता संस्थापक समूहको र ६ हजार ६३३ कित्ता सर्वसाधारण समूहको रहेको थियो। कटअफ मूल्यमा आवेदन दिएका लगानीकर्ताहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर वितरण गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भने असार १८ गतेदेखि फिर्ता गरिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस