×
Lagani
Lagani Shiksha gif
लाभांश प्रस्ताव पारित गर्न एनएमबी लघुवित्तले २६ पुसमा बोलायो साधारणसभा



एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २६ पुसमा साधारणसभा बोलाएको छ।

लघुवित्तले होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।

Lagani Shiksha gif

त्यस्तै, अन्य लघुवित्तसँगै मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले ९-२६ पुससम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ,  ८ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस