×
भरतपुर महानगरद्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित



अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अबसरमा भरतपुर महानगरपालिकाले महानगर भित्र सक्रिय रुपमा कार्य गर्दै आएका विभिन्न सामाजिक संघसस्थाहरुलाई सम्मान गरेको छ ।

यसै अन्तरगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रुपमा सामाजिक कार्यक्रम एबम रगत ब्यबस्थापन कार्यमा पुर्याएको अतुलनीय मानवीय एबम सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै एक कार्यक्रम मार्फत सम्मान गरेको छ । कार्यक्रममा भरतपुर महानगरपलिका प्रमुख रेणु दाहाल , नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल , एबम महानगरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

साथै भरतपुर महानगर युवा संजाल र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा रक्तदान कार्यक्रम सप्पन्न भएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल ज्युले विभिन्न सङसस्थाबाट उपस्थित हुनुभएका प्रतिनिधिहरुलाई सम्मान पत्र एबम खादा द्वारा बधाई एबम सुभकामना ब्यक्त गर्नुभएको छ ।

महानगरको यश कदम प्रती ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष एबम सस्थापक अर्जुन अधिकारी ले उच्च नमन प्रकट गर्दै आगामी दिनमा महानगरपालिकाले रगत ब्यबस्थापन एबम सामाजिक क्षेत्रमा कार्य गर्दै अगाडि बडेका सघसस्थाहरुको बिकासमा सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।

263819886 2684740585161791 6290739269722483636 n भरतपुर महानगरद्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित 263599815 4708693682519301 5203604410898358178 n भरतपुर महानगरद्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस