×
भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन



भारतमा अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखिएकाे छ ।

महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्राेन देखिएकाे हाे । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्राेन भाईरसबाट संक्रमित हुनेकाे संख्या चार जना पुगेकाे छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले काेभिडकाे दुबै खाेप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वराे देखिएकाे थियाे । उनकाे मुम्बईस्थित काेभिड केयर सेन्टरमा उपचार भइरहेकाे छ ।

उनकाे सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुकाे पनि काेभिड परीक्षण गरिएकाे छ। उनीहरु सबैकाे नेगेटिभ रिपाेर्ट आएकाे प्राप्त समाचारमा जनाइएकाे छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्राेन भेरयन्ट देखिएकाे थियाे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस