×
Lagani
Lagani Shiksha gif
पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन् ।

आफू सामान्यतया विदेश भ्रमण नगरेकाे र अन्य मन्त्रीहरुलाई पनि आफ्नाे अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएकाे विवरणहरुमा जनाइएकाे छ ।

Lagani Shiksha gif
sharehubapk पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशकाे जल्दाेबल्दाे समस्या समाधान गर्नुपर्ने उनकाे भनाई छ । सामान्य गाेष्ठी वा सम्मेलनकाे बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनकाे सुझाव छ । ‘हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलाे प्रथमिकता हाे,’ खानले भनेका छन् ।

यसैबीच, काेभिड संक्रमणकाे नयाँ भाइरस ओमिक्राेनकाे त्रास बढिरहेका बेला खाेपसम्बन्धी नयाँ याेजना घाेषणाा गरेकाे छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरुलाइ बुस्टर डाेज दिने भएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस