×
Lagani
Lagani Shiksha gif
सकारात्मक सीप,सोच र योग्यता मुलुकको समृद्वीको आधार: श्रम मन्त्री



ललितपुर, २७ साउन ।  श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने लक्ष्यसहित अब दक्षता र योग्यताको आधारमा रोजगार प्रदान गरिने नीतिगत ब्यबस्था गरेको बताएका छ्न । 

 

Lagani Shiksha gif
sharehubapk सकारात्मक सीप,सोच र योग्यता मुलुकको समृद्वीको आधार: श्रम मन्त्री

नेपाल युथ फाउन्डेसन र ओल्गापुरी भोकेसनल स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को विशेष कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले युवा र रोजगारीसम्बन्धी महत्वपूर्ण धारणा राख्दै समृद्धिको बाटो सीप भएको बताएका हुन ।

 

 “बर्सेनि पाँच लाख श्रमिक बजारमा प्रवेश गर्छन्, तीमध्ये एक लाखलाई मात्रै स्वदेशमै समाहित गर्न सकिरहेका छौं,” उनले भने, “अबको १० वर्षमा बाध्यतामूलक वैदेशिक रोजगारी अन्त्य गर्ने हाम्रो लक्ष्य हो।”

 

उनले नेपालमा रोजगार सिर्जनाको सम्भावना व्यापक रहेको बताउँदै तालिमबिना वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउने स्पष्ट गरे।

 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र पूँजीलाई स्वदेशमै प्रयोग गरी समृद्धि सम्भव हुने उल्लेख गर्दै, NAVT र ओल्गापुरी भोकेसनल स्कुलबीच सीपमूलक तालिमका लागि समझदारी हुने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री आरजु देउवाले युवाहरुलाई सकारात्मक सोच र मिहिनेतलाई जीवनको मूल मन्त्र बनाउँदै अगाडि बढ्न आह्वान गरिन्।

 

उनले भनिन्, "विकास एक निरन्तर प्रक्रिया हो, आजको भोलि हुने कुरा होइन। राजनीतिक प्रक्रिया विकासलाई अगाडि र पछाडि धकेल्ने कारक हो।" मन्त्री देउवाले युवा संख्या बढी हुनु नेपालका लागि अवसर भएको उल्लेख गर्दै मानसिकता सकारात्मक राखेमा कुनै पनि व्यक्ति सफल हुन सक्ने धारणा राखिन्।

 

कार्यक्रममा युवाहरुलाई नकारात्मकता र भ्रमको राजनीति भन्दा टाढा रहन, मिहिनेतलाई प्राथमिकता दिन र आफ्नो मानसिकता सकारात्मक राख्दै आत्मनिर्भर बन्न प्रेरित गरिएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस