×
अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप



काठमाडौं, २७ साउन । निर्वाचन आयोगले अनिलकुमार झालाई नेपाल सदभवना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ ।

 

आज बसेको आयोगको बैठकले झालाई पार्टी र चुनाव चिन्ह दिने निर्णय गरेको हो।

 

`निर्वाचन आयोगले मेरो पक्षमा निर्णय गर्दै नेपाल सदभावना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ, पत्र भोलीसम्म पाउँछु होला,`झाले भने ।

 

सो पार्टी रामकुमार महतोको नाममा दर्ता रहेको र सो पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि उनले झालाई दिएका थिएनन् 

 

जसका कारण महतो र झा बिच सो पार्टी र पार्टी चिन्हका बारेमा कानुनी लडाई चलिरहेको थियो। तर, अन्तत: झाले बाजी मारेका हुन् ।

 

`६० प्रतिशत भन्दा बढी केन्द्रीय नेताले मेरो पक्षमा हस्ताक्षर गरे पछि पार्टी र चिन्ह मैले पाएको हुँ,´ झाले भने ।

 

आयोगले झाको पक्षमा निर्णय गरे पछि महतो भने अदालत जाने भएका छन् । `अब म अदालत जान्छु, यो जालझेलपुर्ण निर्णयको बिरोधमा उभिन्छु।`

 

उनले लोकतान्त्रिक समाजवादी पार्टीवाट गत चैत ४ गतेको ब्याक डेट साउन पहिलो साता अध्यक्ष महन्थ ठाकुरसमक्ष राजिनामा दिएका थिए।  जो स्वीकृत भईसकेको छ।

 

गजेन्द्रनारायण सिंहको लिगेसी रहेको नेपाल सदभावना पार्टी र चुनाव चिन्ह पाए पछि झाले निकट भविश्यमा पत्रकारसम्मेलन गरेर पार्टीको धारणा सार्बजनिक गर्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस