×
Lagani
Lagani Shiksha gif
एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछः प्रधानमन्त्री



काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई शुभकामना दिएका छन ।

 

Lagani Shiksha gif
sharehubapk एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछः प्रधानमन्त्री

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको स्मरण गरेका हुन । पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो।

 

प्रधानमन्त्री ओलीले युवा दिवसले युवाहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन ।  ‘फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ, हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ, संसारभरका युवाहरूलाई शुभकामना,’ उनले फेसबुकमा लेखेका छन ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस