काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् ।
हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको पनि जनाएका छन् ।
‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ, उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो।’
उनी अगाडी लेख्छन्, ‘बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















