×
Lagani
Lagani Shiksha gif
स्वाभिमान लघुवित्तको नाफा ८१९% ले वृद्धि, EPS ४७ रुपैयाँ नजिक



काठमाडौं, २१ साउन । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७८ लाख ७२ हजार रुपैयाँ नाफासँग तुलना गर्दा ८१९.०८ प्रतिशत वृद्धि हो।

वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०.५० प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी ७३.९६ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा १,१०४.२० प्रतिशतले उक्लिएको छ। खराब कर्जा ३.१५ प्रतिशतविन्दुले घटेर ४.२० प्रतिशतमा झरेको छ। साथै, २ करोड १० लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि सञ्चालन मुनाफा र खुद नाफामा थप सुधार आएको हो।

Lagani Shiksha gif
sharehubapk स्वाभिमान लघुवित्तको नाफा ८१९% ले वृद्धि, EPS ४७ रुपैयाँ नजिक

प्रतिशेयर आम्दानी (EPS) ४१ रुपैयाँ ७६ पैसा बाट बढेर ४७ रुपैयाँ १५ पैसा पुगेको छ। असार मसान्तसम्म प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २७ पैसा र P/Eअनुपात ३८.३८ गुणा रहेको छ। वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३२ पैसा रहेको विवरणमा उल्लेख छ।

लघुवित्तको चुक्ता पूँजी १५ करोड ३४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म संस्थाले २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गर्दै २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस