×
कमल थापाले भने कांग्रेसले ढोका दियो अब सडक र सदनबाट राजतन्त्र फर्काउछौं



राप्रपा अध्यक्ष कमल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उद्घोष गरेका छन् ।

पार्टीको एकता महाधिवेशनलाई सम्वोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उनले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने उद्घोष गरे । उनले राप्रपाले राजा आउ देश बचाउ भन्ने नारा छाडेर जनता आउ राजा ल्याउ भन्ने नारा लगाउने बताए ।

उनले आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा मागेका छन् भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गरेका छन् ।  उनले आगामी निर्वाचनमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गरे । विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएको समेत बताए ।

यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उनले जनाए । उनले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गरे । सोही क्रममा उनले अब कहिल्यै पार्टी नफुट्ने नफुटाउने सन्देश पनि पुर्याउनु पर्ने बताए । योे महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशा दिने पनि उनले बताए ।

उनले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट  चयन हुने पनि बताए । तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।

यस्तै कार्यक्रममा उनले राप्रपा पुरानो व्यवस्थामा जान नखोजको पनि बताए । तर राजादेखि विप्लवसम्म अट्ने मौलिक प्रजातन्त्रको पक्षमा रहेको पनि बताए । राप्रपा मध्यमार्गी विचारको पक्षधर भएको बताए । उनले राप्रपाले धार्मिक स्तन्त्रता, समानता स्वीकार गर्ने पनि बताए । तर, सनातन धर्मको रक्षा र हिन्दू राष्ट्रको व्यवस्थासँगै जान सकिने पनि बताए । उनले राप्रपा कुनै एउटा धर्मको विरोधी नभएको पनि बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस