काठमाडौं, साउन १५ — शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। कम्पनीले भोलि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा आज (साउन १५) सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै हकप्रदमा सहभागी हुन पाउनेछन्।
कम्पनीले हालको चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यस अन्तर्गत, कुल १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गरिनेछ।
शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। हकप्रद प्रक्रिया अघि बढ्दै गर्दा लगानीकर्ताहरूलाई समयमै शेयर खरिद गरी योग्य बन्न कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted








