×
जोशी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला, ६५ प्रतिशत अनुपातमा जारी



काठमाडौं, साउन १५ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरको हकप्रद शेयर जारी गरेको हो। अर्थात्, हालका शेयरधनीले १ कित्ता शेयरको विरुद्धमा ०.६५ कित्ता नयाँ शेयरको लागि आवेदन दिन सक्नेछन्।

यो निष्कासन अन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर जारी गर्दैछ, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर हुने छ।

यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो। तदनुसार, असार ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ ४ गतेसम्म तोकिएको छ।

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताहरूले क्यापिटलको कार्यालय, कम्पनीको कार्यालय, साथै लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको शाखा तथा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस