×
Lagani
Lagani Shiksha gif
श्रीनगर एग्रीटेक इण्डष्ट्रीजलाई आईपीओ निष्काशनको अनुमति, ३२ लाखभन्दा बढी कित्ता शेयर आउँदै बजारमा



काठमाडौं, साउन १४ । नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने अनुमति दिएको छ। साउन १३ गते बोर्डले कम्पनीलाई औपचारिक स्वीकृति प्रदान गरेको हो।

अब कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ। यस अन्तर्गत ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सार्वजनिक गरिनेछ।

शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड लाई दिइएको छ।

Lagani Shiksha gif
sharehubapk श्रीनगर एग्रीटेक इण्डष्ट्रीजलाई आईपीओ निष्काशनको अनुमति, ३२ लाखभन्दा बढी कित्ता शेयर आउँदै बजारमा

कम्पनीले आईपीओ मार्फत संकलन हुने पूँजी कुन प्रयोजनका लागि प्रयोग गर्ने हो भन्ने विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यसपछि आईपीओको मिति र आवेदन प्रक्रियाबारे थप जानकारी आउनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस