×
सभामुख घिमिरे पर्सी स्विटजरल्याण्ड जाने



काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटबार्ता भएको छ। 

 

सो भेटबार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो । 

 

भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

 

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस