×
किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अनुभुति भयोः उषाकिरण



काठमाडौं, ७ साउन । पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नबिकरण नगर्ने एमाले केन्द्रिय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।

 

हिजो सम्पन्न केन्द्रिय समितिको बैठकले यसअघि नै नविकरण भइसकेको पुर्व राष्ट्रपति भण्डारीकाे सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालवाट यस्ताे टिप्पणी गरेकी हुन् ।

  

‘तपाईहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें, तपाईहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन्। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुदैँन ?’ उनले प्रश्न गर्दै भनेकी छिन, ‘हामीलाई त आमाले राजनिती गर्न मन छैन भने पनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो।’ 

 

उनी अगाडी लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र, नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यस कारण यो प्रकरणलाई धन्यवाद !’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस